बूढानीलकण्ठ, पौष १४ गते ।
बूढानीलकण्ठ नगरपालिकामा ‘श्रमिक हेल्प डेस्क’ सञ्चालनमा आएको छ । श्रमिक, श्रमदाता, मजदुर लगायत रोजगारदाताहरुको हक, हित र अधिकारको सुरक्षा र व्यवस्थापन गर्ने उद्देश्यका साथ हेल्प डेस्क सञ्चालनमा आएको हो । हेल्प डेस्क सञ्चालन गर्नका लागी नगरपालिका श्रम सम्बन्ध समिति अनतर्गत कार्यविधि दर्ता गरीएको थियो ।
बूधबार एक औपचारिक कार्यक्रम मार्फत नगरप्रमुख उद्दव प्रसाद खरेल र उप प्रमुख रमा देवि राईले संयुक्त रुपमा हेल्प डेस्कको समुद्घाटन गर्नु भएको छ ।
नगर प्रमुख उद्दव प्रसाद खरेलका अनुसार नगर अन्तर्गत रहेका आम श्रमिक, रोजगारदाता र उद्योगपतिहरु विचको आपसी सम्बन्धमा आएका समस्याहरु श्रम डेस्क मार्फत छलफल गरी उनिहरुविच सुशासन कायम गर्न यस सेवा सुरु गरिएको हो ।
हेल्प डेस्कले श्रमिकहरुको सुचिकरण, वर्गिकरण र उचित व्यवस्थापन गर्दै न्यायको निम्ति समेत लढ्न मद्दत गर्ने हुदाँ समस्यामा परेका श्रमिक अथवा श्रमदातालाई हेल्प डेस्कमा आफ्नो उजुरी दर्ता गरी सेवा लिनुहुन प्रमुख खरेलले अनुरोध गर्नु भएको छ ।