
बूढानीलकण्ठ, पौष १२ गते । बूढानीलकण्ठमा किशोरी र महिलाहरुको लागी आत्मरक्षा (WOMEN SELF-DEFENSE) तालिम सञ्चालन हुन लागेको छ ।
महिला तथा किशोरी माथी हुने हिंसा तथा दुर्व्यवहारलाई न्युनिकरण गर्ने उद्देश्यका साथ नगरपालिका नगर युवा परिषदले तालिम सञ्चालन गर्न लागेको हुँदा इच्छुक १२ देखी २५ वर्ष सम्मका किशोरी र महिलाहरुले पौष १९ गते सम्म नगरपालिकाको कार्यालयमा नाम टिपाउनुहुन नगर युवा परिषदले अनुरोध गरेको छ ।
थप जानकारिको लागी ९८४३१३८२७३ र ९८५१०००९३३ मा सम्पर्क गर्नुहुन परिषदले जनाएको छ ।