बूढानीलकण्ठ, पौष ८ गते । बूढानीलकण्ठ नगरपालिका नगर प्रहरीहरुले आगलागी नियन्त्रण, भत्केका संरचना खोजी तथा उद्दार तालिम लिएका छन् ।

नगर प्रहरीको विपद् ब्यवस्थापनमा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि तथा जनशक्ति विकास गर्ने कार्यको निरन्तरता र बदलिँदो परिस्थितिअनुसार थप कार्यक्रम गर्ने नीतिअनुसार  नगरपालिका विपद् ब्यवस्थापन शाखाले तालिम संचालन गरेको हो । तालिम सुन्दरीजल स्थित नेपाली सेनाको १ नं विपद व्यवस्थापन गणमा सञ्चालन भएको थियो ।

बूढानीलकण्ठ विपद व्यवस्थापन शाखा अधिकृत दुर्गा कार्कीको अनुसार तालिममा प्रशिक्षार्थीहरूले विशेष गरेर खोज तथा उद्दार कारवाही विधि, भत्केका संरचनामा राख्ने सुचक चिन्ह विधि, भत्केका संरचनाले थिचिएर रहेको पिडित पत्ता लगाउने विधि, बिभिन्न सामाग्री बाट बनेको भवनको पर्खाल तथा अवरोधहरू सुरक्षित र ब्यावसायिक रुपमा भत्काउने वा प्वाल पार्ने विधि, अस्थिर भवन तथा वस्तुहरुलाई टेको लगाउने विधि, गह्रौँ बस्तुलाई उठाउने वा सार्ने र सांघुरो स्थानबाट गरिने उद्दार कार्य एवम् घाइतेहरुलाई सुरक्षित स्थान तथा अस्पतालसम्म पुर्याउने विधिहरुको बारेमा बिस्तृत रुपमा प्रशिक्षण दिईएको थियो ।

पौष १ गते देखि पौष ८ गते सम्म संचालित ६ कार्य दिन रहेको तालिममा १२ जना नगर प्रहरीहरुले दमकल, ‘ Drill (ड्रिल)’, ‘Chainsaw’, ‘CrusherStone’ जस्ता उन्नत औजार र प्रविधिहरु चलाउने तालिम समेत पाएका छन् ।    

यस तालिमबाट नौलो र उपयोगि विधीहरु सिक्ने मौका पाएकोले विपद नियन्त्रण र व्यवस्थापन  गर्न अज बढि हौसला बढेको प्रशिक्षार्थिहरुले बताएका छन् ।

तालिमको अन्तिम दिन एक विशेष समापन कार्यक्रम आयोजना गरी प्रशिक्षार्थीहरुले दमकलको प्रयोगबाट आगलागि नियन्त्रण र भुकम्पमा थिचिएका व्यक्तिको उद्दार गर्ने नमुना प्रदर्शन गरेका थिए ।

प्रदर्शनी तथा समापन कार्यक्रममा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत, प्रमुख सेनानी एवम् गणपति सञ्जिव सिलवाल, विपद व्यवस्थापन महाशाखा अधिकृत विनोद पाठक, दुर्गा कार्कि र नगर प्रहरी कमाण्डर रमेश खतिवडाको उपस्थिति रहेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय