बूढानीलकण्ठ, पौष ०६ गते । बूढानीलकण्ठमा बालबालिकाहरुको ‘बाथ मुटु रोग स्क्रिनिङ’ अभियान सुरु भएको छ ।

नगरपालिका जनस्वास्थ्य महाशाखा र सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रको संयुक्त आयोजनामा ५-१५ बर्ष सम्मका बालबालिकाहरुको प्रारम्भिक परिक्षण सुरु भएको हो ।

वडा नं ०५ स्थित श्री पञ्चकन्या माद्यमिक विद्यालयमा २६३ जना विद्यार्थीहरुको परिक्षण गरी अभियानको सुरुवात भएको छ ।

अभियान अन्तर्गत सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रका विज्ञ चिकित्सक र सवास्थ्यकर्मिहरुको टोलिले ‘स्ट्रेप्टोकोकस ब्याक्टेरिया (Streptococcus Bacteria)’, ‘वाथ हृदय रोग (Rheumatic Heart Disease)’, ‘टन्सिल(Tonsil) जस्ता लक्षणहरुको परिक्षण गरिरहेका छन् ।

“मुटुका समस्याहरुको समयमा पहिचान गरी तत्काल निःशुल्क उपचार र सल्यकृया पद्दतिमा समेत लैजाने हाम्रो उद्देश्य हो”, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कुञ्जन शेर्पाले बताउँनुभयो ।

नगरपालिकाका विद्यालयहरुमा शिविर सञ्चालन गरी विद्यार्थिहरुको परिक्षण भईरहेको जनस्वास्थ्य अधिकृत कुमार प्रसाद दहालले जानकारी दिनुभयो, “बूढानीलकण्ठ नगरपालिका अन्तर्गत रहेका १९ वटा सामुदायिक विद्यालयहरुमा शिविर सञ्चालन गरि ५,८१३ भन्दा बढि बालबालिकाहरुको परिक्षण गर्ने अभियानको लक्ष्य छ ।  यस पश्चात अन्य ८० वटा निजि विद्यालयका १०,००० भन्दा बढि बालबालिकाहरुको समेत परिक्षण गर्ने छौँ” ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय