बूढानीलकण्ठ नगरपलिकामा “गरीबी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम्” (मेड्पा) सुरु भएको छ। नगरपालिकामा पुष २७ गते उद्यम विकास समिती गठन भए पस्चात यस योजनाको काम सुरू भएको हो।

गरिब तथा बेरोजगार व्यक्तिहरु लक्षित  यस कार्यक्रमले विभिन्न किसिमका सिप मुलक तालिमहरु प्रदान गर्ने छ। यसका साथै आफ्नै व्यवसाय गर्न इच्छुक व्यक्तिहरूलाई प्राविधीक सहयोग, ऋण तथा कर्जाको लागी वित्तिय संस्थाहरुसँग सहजिकरण गराईदिने र उत्पादन भएका वस्तुहरुको बजारीकरणमा सहयोग गर्ने योजना बोकेको छ।

उद्यम विकास समितिको अहिले सम्मको काममा नगरपालिकाको वडा नं ०७ ,०८ र ११ छनौट गरेको छ। ति मध्य  वडा नं. ११ मा वडा स्थरिय अभिमुखिकरण कार्यक्रम ११ गते सम्पन्न भईसकेको र सोहि कार्यक्रम वडा नं. ८ मा १६ गते र वडा नं. ७ मा १९ गतेका दिन रहेको उद्यम विकास सहजकर्ता जनार्दन मिश्राले बूढानीलकण्ठ न्युजलाई जानकारी दिए।

उद्यम विकास समितिले यस कार्यक्रम मार्फत नगरपलिकामा ८० वटा उध्यमी तयार पार्ने लक्ष्य लिएको छ।

आय श्रोत बढाउनका लागी घरैमा बसेर आफै उत्पादन गर्न सक्ने गरि लगु उद्यममा संलग्न गराइ गरीबी निवारणमा सहयोग पुर्याउने यस योजानाको उद्देश्य रहेको छ।

 

(तस्विरः वडा नं ११ मा भएको अभिमुखिकरण कार्यक्रम)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय