बूढानीलकण्ठ नगरपालिकामा पुष ४ गते देखि १८ गते सम्म मतदाता नामावली संकलन गरिने छ । सम्पूर्ण नगरवासीहरूलाइ ताेकिएकाे दिनमा उपस्थित भइ नामावली संकलनमा साह्यता पुर्याउनका लागी हार्दिक अनुराेध गरिन्छ । 

मितिः

१. २०७८/०९/०४ देखि २०७८/०९/०६ गते सम्म, वडा नं. १,२,३,४, र ५ का स्थानीयहरू

२. २०७८/०९/०७ देखि २०७८/०९/०९ गते सम्म, वडा नं. ६, ७, ८ र ९ का स्थानीयहरू

३. २०७८/०९/१० देखि २०७८/०९/१२ गते सम्म, वडा नं. १० र ११ का स्थानीयहरू

४. २०७८/०९/१३ र २०७८/०९/१४ गते, वडा नं. १२ र १३ का स्थानीयहरू

५. २०७८/०९/१५ देखि २०७८/०९/१८ गते सम्म उपराेक्त्तानुसारकाे मितिमा मतदाता नामावलीमा नाम दर्ता गराउन छुट भएका स्थानीयहरूकाे लागि

स्थानः बूढानीलकण्ठ नगरपालिकाको कार्यालय, हात्तिगाैडामा 

समयः विहान १०:०० बजे देखि ४:०० सम्म

नाम दर्ता गर्दा ल्याउनु पर्ने कागजातहरूः

  • नागरिकताको प्रमाण पत्रको सक्कल र फोटोकपी 
  • बसाई सरी वा विवाह भई अएको प्रमाण (नागरिकताको प्रमाण पत्र भन्दा फरक स्थानको मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेको भएमा )

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय