बूढानीलकण्ठ, पौष १ गते । नगरवासिलाई घर-घर तथा वडा-वडामा सेवा सुविधा प्रदान गर्न बूढानीलकण्ठ नगरपालिकाले वडा स्तरीय एकीकृत घुम्ति शिविर सञ्चालन गरेको छ ।
नगर प्रमुख उद्धव प्रसाद खरेल तथा प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्किको नेतृत्वमा बूढानीलकण्ठ नगरपालिकाले वडा-वडामा एकीकृत घुम्ती शिविर सञ्चालन गरी जनताको काम घरदैलोमा अभियान सुरु गरेको हो । पौष १ गते बाट पौष १५ गते सम्म सञ्चालन हुने अभियान वडा नं ०१ कार्यालयमा एक विशेष कार्यक्रम आयोजना गरी उद्घाटन गरिएको छ ।
नगरपालिकाले घरबाट बाहिर आउन नसक्नेलाई घर-घरमै, घर बाट बाहिर आउनेलाई वडा-वडाबाट घुम्ति शिविर मार्फत सेवा प्रदान गरिरहेको छ । वडा-वडामा पुगेर व्यवसाय दर्ता, स्वास्थ्य शिविर, कृषि तथा पशु सेवा शिविर, महिला हिंसा न्युनीकरण अभियान, अपाङ्ग\ ज्येष्ठ नागरिक परिचयपत्र वितरण, स्वास्थ्य शिविर, योजना सम्झौता तथा भइपरि आएका नागरिक समस्या एउटै थलोबाट सम्बोधन गर्ने गरी एकीकृत घुम्ति शिविर सञ्चालन गरिएको प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्किले बताउँनुभयो ।
आज भएको कार्यक्रममा वडा नं ०१ का उपभोक्ता समुहलाई नगर प्रमुखले “साईकलिङ मार्ग” योजनाको सम्झौता हस्तान्तरण गरी अभियानको उद्घाटन गर्नु भएको थियो । सोहि कार्यक्रममै ज्येष्ठ नागरीक परिचय पत्र समेत सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ ।
जनतालाई नगरपालिकाको केन्द्रसम्म पुग्नसमेत कठिन भइरहेको समयमा पालिकाले प्रदान गर्ने सबै कसिमका सेवा सुविधासहित वडा-वडामा पुगेर घुम्ति शिविर सञ्चालन गरिएको नगर प्रमुख उद्धव प्रसाद खरेलले जानकारी दिनुभयो ।
नागरिकले राखेका गुनासाहरु अधिकांश सोही स्थानमै सम्बोधन गरेको, वडामा सम्बोधन नभएका गुनासा, सुझाव तथा उजुरी पालिकाबाट सम्बोधन गर्ने गरी टिपोट गरी ल्याएको बताउँदै नगरवासीहरुले गरेका माग, सुझाव तथा गुनासाहरु केही कार्यपालिकाको बोर्ड बैठकबाट र केही नगर परिषदबाट सम्बोधन गरिने प्रमुख खरेलले बताउँनुभयो ।
वडा-वडाबाट भएको एकीकृत घुम्ती शिविरले घरदैलोमा व्यवसाय दर्ता तथा नवीकरण गर्न पाएको, खेतीपाती तथा पशुपालनको विषयमा जानकारी लिएको, पालिकाले कृषि तथा पशुपालनमा प्रदान गर्ने अनुदान तथा सहुलियतका बारेमा जानकारी पाएको वडा नं ०१ कि स्थानीय बिमला तामाङले बताइन् ।
यसका साथै सेवा लिन आएका थुप्रै वडावासीहरुले योजना सम्झौता, कृषिका बिउँहरु, घरपालुवा जनावरलाई रेविजको सुई जस्ता सेवाहरु पाएका छन् ।
एकीकृत घुम्ती शिविरमा लैङ्गिक हिंसाको जानकारी दिएका छौं । परिवार, समाजमा घर-घरमा भएका महिला हिंसाबारे सचेतना, कानुनी उपचार, कानुनी सेवा नगरपालिकाबाट हुने सम्बोधन लगायतका विषयमा छलफल तथा अन्तरक्रिया भएको नगरपालिका उप-प्रमुख रमा देवि राईले बताउँनुभयो ।
नगरपालिकाको यस अभियान मार्फत सेवा प्रदान गर्न पाउँदा वडावासीहरुको माग र आवश्यक्तालाई पुरा गर्न सकेको वडा सदस्य नविन श्रेष्ठले बताँउनुभयो, “हामिले वडावासी सँग गरेको प्रतिवद्दतालाई व्यवहारीक रुपमा पूर्ती गर्न यस अभियानले निकै मद्दत गरेको छ ।
“वडा नं.१ का अध्यक्ष सुरेन्द्र लामाले सिंहदरबारको अधिकार घरघरमा पुर्याउने लक्ष्य परिपूर्ती गर्दै वडा वासीहरुको घरघरमा पुगि सेवा प्रदान गर्ने उद्देश्यले घुम्ती शिवीर सञ्चालन गरिएको बताउनुभयो ।
एकीकृत घुम्ति सेवालाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ ।