बूढानीलकण्ठ, मंसिर २७ गते ।  श्री गणेश माध्यामिक विद्यालयमा विद्यार्थीहरुको आँखा, नाक, कान घाँटि र मुखको परिक्षण गरिएको छ । बूढानीलकण्ठ नगरपालिका जनस्वास्थ्य महाशाखा द्वारा ‘विद्यालय स्क्रिकिङ्’ विशेष स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरी विज्ञ चिकित्सकहरुले प्रारम्भिक कक्षाका विद्यार्थीहरुको स्वास्थ्य जाँच गर्नुभएको हो ।

जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार कार्यक्रम मार्फत विद्यालयका २०० जना भन्दा बढि विद्यार्थीहरुले निःशुल्क परिक्षण गरी आवश्यक परामर्श तथा उपचार पाएका छन् ।

स्वास्थ्य परिक्षण कार्यक्रममा तिल गंगा अस्पतालका २ जना आखाँ विशेषज्ञ, नाक, कान, घाँटि तथा मुखको लागि  करुणा अस्पतालका २ जना चिकित्सक, नगर अस्पतालका ओ.पि.डि चिकित्सक लगायत जनस्वास्थ्य अधिकृत प्रतिमा खरेल, उपमा दहाल र जनस्वास्थ्य महाशाखा कर्मचारीहरु उपस्थित थिए ।

कार्यहक्रमको उद्देश्य अनुसार सामुदायिक विद्यालयहरुमा निम्न आर्थिक स्तर भएका विद्यार्थीहरुको निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरिदिएकोमा विद्यालय प्रधानाध्यापक मिन काजि श्रेष्ठले नगरपालिकालाई धन्यबाद दिनुभएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय