बूढानीलकण्ठ, मंसिर २४ गते । बूढानीलकण्ठ नगरपालिकाका जनप्रतिनिधि लगायत कर्मचारीहरुले “म सबै खाले भ्रष्टचारको बिरोध गर्दै, सदाचार प्रतिबद्ध छु” भन्ने भ्रष्टचार बिरुद्धको प्रतिवद्धतामा हस्ताक्षर गरेका छन् ।
अन्तराष्ट्रिय भ्रष्टचार विरुद्धको दिवसको अवसरमा आयोजित कार्यक्रम मार्फत नगर प्रमुख उद्दव प्रसाद खरेल, प्रशासकिय अधिकृत राजेन्द्र कार्कि लगायत विभिन्न वडाका जनप्रतिनिधि तथा महाशाखा\शाखा कर्मचारीहरुले हस्ताक्षर गरी दिवस मनाएका हुन् ।
संयुक्त राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा मनाईने यस दिवसमा बूढानीलकण्ठ नगरपालिकाले पनि भ्रष्टाचारविरुद्ध आवाज बुलन्द पार्ने उद्देश्यले विशेष कार्यक्रम आयोजना गरेको हो ।
बिहिबार नगरपालिकाको सभाहलमा भएको कार्यक्रममा नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेल लगायत हरेक वडाका जनप्रतिनिधिहरु, नगरपालिका प्रशासनिक महाशाखा\शाखा प्रमुखहरु, ‘सोच नेपाल’का प्रतिनिधिहरु र नेपाल प्रहरीहरु सहभागी भएका थिए ।
कार्यक्रममा ‘सोच नेपाल’ संस्थाका प्रतिनिधि एवं सुशासन विज्ञ राजेश हमालले भ्रष्टचारका किसिम, यसको निवारणमा नागरिक दायित्व गर्ने पद्दतिहरु, नियन्त्रणका लागि रज्य संयन्त्र\ निकायहरु लगायत र अख्तियार दुरुपयोग अनुसन्धान बारे अन्तरक्रियात्मक प्रस्तुतिकरण दिनुभएको थियो ।
नगरपालिका प्रमुख उद्दव प्रसाद खरेलले कार्यक्रममा बोल्दै आफु निर्वाचित जनप्रतिनिधि भएर कार्य गरि रहदाँ “म बूढानीलकण्ठमा भ्रष्टचार गर्दिन र अरुलाई पनि गर्न दिन्न” भन्ने आफ्नो मुलमंत्र अनुरुप कार्य सम्पदान गरिरहेको बताउनु भएको थियो । उहाँले बूढानीलकण्ठको “मुस्कान सहितको सेवा, हाम्रो प्रतिवद्दता” भन्ने सुशासनको नारा समेत स्पष्ट पार्दै नगरपालिकाको सेवा र बिधिहरुलाई दख्खल पुग्ने कार्यहरु न्युनिकरण गर्न निरन्तर प्रयास गरिरहेको जानकारी समेत दिनु भयो । “भ्रष्टचार निवारण गरेर सुशासन कायम गर्न राज्य संयन्त्र मात्र नभई नागरीक समाजको समेत दायित्व रहेकोले समाजिक विकास र सार्वजनिक हितका निम्ति यसको अन्त्य गर्न सबै स्तर र निकायलाई प्रोत्साहन गर्दै लैजानु पर्छ”, खरेलले भन्नुभयो ।
संयुक्त राष्ट्रसंघले सन् २००३ डिसेम्बर ९ तारिखमा भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेको थियो । नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो । राष्ट्रसंघले भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय महासन्धी पारित गरेको दिनको सम्झनामा हरेक वर्ष डिसेम्बर ९ मा भ्रष्टाचार विरुद्धको दिवस मनाउने गरिन्छ ।
नेपालको संवैधानिक व्यवस्थाअनुसार कुनै सार्वजनिक पदधारण गरेको व्यक्तिले भ्रष्टाचार गरी अख्तियारको दूरुपयोग गरेको उजुरी आएमा वा अनुसन्धानको क्रममा भेटिएमा अख्तियार दूरुपयोग अनुसन्धान आयोगले कानून बमोजिम अनुसन्धान गर्न वा गराउने गर्दछ ।