बूढानीलकण्ठ नगर युवा परिषदबाट १ दिने उद्यम परामर्श कार्यक्रम र ७ दिने सहुलियतपूर्ण कर्जा सहजिकरणका लागि उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम सञ्चालन हुदैँ छ । सहभागी हुन इच्छुक लक्षित वर्गका व्यक्तिहरूले पुष ७ गते भित्र बूढानीलकण्ठ नगर युवा परिषद्को कार्यलयमा आवेदन दिनु पर्नेछ ।
लक्षित वर्गः
१६ वर्ष पुरा भई ४० वर्ष ननाघेका बूढानीलकण्ठ नगरपालिकामा स्थायी बसोबास गर्ने नेपाली नागरिकहरु
संलग्न गर्नुपर्ने कागजातहरूः
१. निवेदन (निवेदन ढाँचा www.Budhanilkanthamun.gov.np बाट डाउनलोड गर्न सकिनेछ)
२. नागरिकताको प्रमाणपत्रको प्रतिलिपी
३. शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी (कम्तिमा ८ कक्षा उतिर्ण हुनुपर्ने)
तालिम सम्बन्धी अन्य विवरण तपशिल बमोजिम रहेको निवेदन फाराम यस www.Budhanilkanthamun.gov.np बाट समेत डाउनलोड गर्न सकिनेछ ।
तालिम बूढानीलकण्ठ नगरपालिका भित्र नगर युवा परिषदले तोकेको स्थानमा संचालन हुनेछ ।तालिम निःशुल्क प्रदान गरिनका साथै सहभागिहरुमा लागि स्टेशनरी र खाजाको व्यवस्था पनि गरिने छ ।
वैदेशिक रोजगारीबाट फर्कीएका युवाहरुलाई विशेष प्राथमिकता दिईनेछ । आवेदन दिएका युवाहरुमध्ये तालिममा सहभागी हुने युवाहरुको छनौट मुल्याङ्कइन समितिले गर्नेछ ।
थप जानकारिको लागि सम्पर्क फोन नंः
१. ९८५१०००९३३
२. ९८५११६११९८
३. १८४३१३८२७३