बूढानीलकण्ठ, मंसिर २२ गते । बूढानीलकण्ठ नगरपालिकाको वडा नं १० मा कृयाशील वडा नं १० युवा परिषद्ले कोभिड हेल्प डेस्क सञ्चालनमा ल्याएको छ । कोभिड संक्रमण बाट जोगिने उपाय, कोभिड विरुद्धको खोप, अक्सिजन, उपचार तथा औषधि पाईने केन्द्र जस्ता  जानकारी मुलक परामर्श दिने उद्देश्यले ‘महिला एकता समाज’ र ‘एक्सन एड नेपाल(ACTION AID NEPAL)’ को सहकार्यमा वडा युवा परिषदले हेल्प डेस्क सञ्चालन गरेको हो । कपन आकाशेधारा स्थित वडा नं १० को कार्यालयमा मंगलबार देखि सुरु भएको हेल्प डेस्क १५ दिन सम्म सञ्चालन हुने छ ।

हेल्प डेस्क मार्फत स्वास्थ्यकर्मिहरुले वडा कार्यालयमा आवतजावत गर्ने व्यक्तिहरुलाई कोभिड-१९ संक्रमण र यसको रोकथामका विभिन्न स्वास्थ्य सतर्कता बिधीहरुबारे परामर्श दिईरहेका छन् ।

”परामर्शको क्रममा धेरै जसो व्यक्तिहरु अहिलेको नयाँ भेरियन्ट ‘ओमिक्रोन भाईरस’ र यसले निम्त्याउन सक्ने संक्रमण बारे कम सुचिकृत भएको पाईएको छ । वहाँहरुलाई नयाँ भेरिएन्ट बारे सचेत गरेका छौँ र धेरैको चासोको विषय कोभिड-१९ बिरुद्धको खोप बारे जानकारी समेत गराएका छौँ “, हेल्प डेस्कका स्वास्थ्यकर्मि दिक्षा हुमागाईंले बताउँनुभयो ।

वडा नं १० को सकृय युवा अभियानता एवं वडा नं १० युवा परिषद् अध्यक्ष सुदिप लुईंटेलका अनुसार “विगतमा हामिले सञ्चालन गर्दै आएका विभिन्न कोभिड-१९ सचेतना तथा संक्रमण रोकथाम अभियानलाई निरन्तरता दिन यस १५ दिने हेल्प डेस्क सञ्चालन गरेका हौँ । यसका साथै अहिलेको नयाँ भरेयन्ट विश्वका विभिन्न मुलक हुदैँ नेपालमा समेत संक्रमण देखा परिसकेको छ । यस्तो अवस्थामा यसले बिकराल रुप ननिम्त्याउला भन्न सकिन्न । त्यसैले अहिले देखिनै जनमानस बिच सचेतना जगाउन सकियो भने भविष्यमा ठुलो क्षतिबाट बच्न सकिन्छ भन्ने बुझाँईका साथ हामिले हाम्रो क्षमता अनुसार परामर्श र जानकारी प्रबाह गरिरहेका हौँ ।”

वडा नं १० अध्यक्ष तथा नगर प्रबक्ता नवराज भट्टराईले वडा युवा परिषदले गरेको यस उत्कृष्ट कार्यलाई समर्थन गर्दै आयोजक समुहलाई धन्यबाद दिनु भएको छ । उहाँको बुझाँई अनुसार अहिलेको अवस्थामा यो एकदमै महत्वपुर्ण र प्रभावकारी अभियान हो । नयाँ भेरियन्टको संक्रमणबाट हामि बच्न र बचाउन अहिले देखिनै तयारी गर्न पर्ने जरुरी छ  ।हामिले नगरवासीहरुलाई सजग गराउन पर्ने कर्तव्य हो र यस्तै किसिमका अन्य अभियान मार्फत पनि हामिले संक्रमण नगरपालिकामा प्रवेश हुन नदिन निरन्तर कोसिस गरिरहेका छौँ , प्रबक्ता भट्टराईले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय