बूढानीलकण्ठ, मंसिर २० गते । बूढानीलकण्ठ नगरपालिकामा मतदाता नामावली संकलन विषेश कार्यक्रम २०७८ सञ्चालन हुन लगेको छ ।

नगरपालिकाको केन्द्र हात्तिगौँडामा मिति २०७८ पौष ४ गते देखि २०७८ पौष १८ गते सम्म १५ दिन मतदाताको फोटो सहितको विवरण संकलन कार्यक्रम संचालन हुने भएकोले आवश्यक कागजात सहित मतदाताको फोटो र विवरण दर्ताको लागी सम्पुर्ण नगरवासिहरुलाई नगरपालिकाले अनुरोध गरेको छ ।

संलग्न कागजातहरुः

१. नागरिकताको प्रमाण पत्रको सक्कल प्रतिलिपि ।

२. नागरिकताको प्रमाण पत्र भन्दा फरक स्थानको मतदाता नामावलीमा नाम दर्ता गराउन चाहेको भए उक्त स्थानमा बसाई सरी वा विवाह भई आएको प्रमाण समेत पेश गर्नुपर्नेछ ।

३. माथि उल्लेखित १ र २ बमोजिमका कागजातको फोटोकपी समेत लिई आउनुपर्नेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय