बूढानीलकण्ठ, मंसिर १९ । बूढानीलकण्ठ नगरपलिका कार्य क्षेत्र भित्र सञ्चालन भईरहेका सम्पुर्ण सहकारी संस्थाहरुलाई नगरपालिकाले अनुरोध गरेको छ ।
नगरपालिका सहकारी शाखा प्रमुख गिता ठगुन्नाले अनुरोध पत्र जारी गर्दै ऋण लगनि, सेवा सुल्क तथा प्रतिवेदनका विषय सम्बन्धि सहकारी विभागले लागु गरेका नियमहरु अनिवार्य रुपमा पालना गर्न सहकारी संस्थााहरुलाई अनुरोध गर्नु भएको हो ।
अनुरोध पत्रको पूर्ण पाठः
बुढानीलकण्ठ नगरपालिकाको सहकारी ऐन २०७५, सहकारी नियमावली २०७८ तथा प्रचलित कानून बमोजिम आर्थिक वर्ष समाप्त भएको मितिले तीन महिना भित्र लेखा परीक्षण सम्पन्न गर्ने, ६ महिना भित्र विभागले जारी गरेको साधारणसभा कार्यव्यवस्था निर्देशिका अनुसार साधारणसभा सम्पन्न भएको १५ दिन भित्र नियामक निकायमा प्रतिवेदन पठाउने, तोकिएको समयभित्र मासिक, चौमासिक र वार्षिक प्रतिवेदनहरु विभागले लागू गरेको COPOMIS प्रणाली मार्फत सम्बन्धित नियामक निकायमा पठाउन पर्ने, PEARLS तथा MCI सूचकाङकले तोकेको सीमाभित्र वित्तीय तथा व्यवस्थापकीय सुशासन कायम गर्नुपर्ने लगायतका विषयहरु सबैमा जानकारी नै छ ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी सहकारी संघसंस्थालाई जारी गरिएको निर्देशन, २०७४ बमोजिम सदस्य पहिचान फाराम KYM लगायतका विभिन्न प्रतिवेदनसगँ सम्बन्धित विषयहरु, सम्पत्ति शुद्धीकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानी विरुद्धको दोस्रो रणनीतिक कार्ययोजना बमोजिम रु १० करोंडभन्दा बढी वित्तीय दायित्व भएका संस्थाहरुले GOAML Software मार्फत प्रतिवेदन गर्नुपर्ने विभागले लागू गरेको सन्दर्भ ब्याजदरको सीमाभित्र रही ऋण लगानी गर्नुपर्ने, तोकिएभन्दा बढी सेवा शुल्क लिन नपाउने जस्ता विषयहरु अनिवार्य रुपमा पालना गर्नु/ गराउनु हुन यो सूचना जारी गरिएको छ । अन्यथा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत सबैको जानकारीका लागि अनुरोध छ ।