
आठौं स्थापना दिवसकाे अवसर पारेर बूढानीलकण्ठ नगरपालिकाले राष्ट्रसेवक कर्मचारीहरूमध्य आ.व. २०७७/०७८ का उत्कृष्ट कर्मचारीहरूलाइ सम्मान गरेकाे छ ।
मुस्कान सहित नगरवासीको सेवामा निष्पक्ष र सदाचारी रहि “पारदर्शी प्रशासन, जनतालाई सुशासन” भन्ने नगरपालिकाको मुल मन्त्रलाई आत्मसात गर्दै विशिष्ट योगदान पुर्याएकाेमा ६ जना कर्मचारीहरूलाइ कदर पत्र प्रदान गरिएकाे छ ।
सम्मान पाउने कर्मचारीहरूमा जनसंख्या तथा सामाजिक समावेशिकरण महाशाखा प्रमुख पुष्पा बम (अधिकृत स्तर आठौं), पशु विकास शाखा प्रमुख तथा पशु चिकित्सक काजि बहादुर श्रेष्ठ, योजना अनुगमन तथा मुल्याङ्कन महाशाखा प्रमुख महेश प्रसाद पाठक (अधिकृत स्तर सातौं), १३ नं. वडा कार्यालय सचिव नरेन्द्र श्रेष्ठ (सहायकस्तर पाँचौ), खड़का भद्रकाली स्वास्थ्य चौकीका जनस्वास्थ्य निरिक्षक लिलाधर भूषाल र ९ नं. वडा कार्यालय सहयोगी वविता कार्की रहेका छन ।