बूढानीलकण्ठ नगरपालिकाकाे आठौं स्थापना दिवस मंसिर १६ गते भव्यताका साथ सु-सम्पन्न भएकाे छ ।
झाँकीहरूकाे प्रस्तुती तथा विभिन्न जनजातीहरूले माैलिक पहिचान झल्किने प्रतिस्पर्दात्मक सांस्कृतिक कार्यक्रम लगभग बिहान ९ बजे देखि नै कार्यक्रम सुरू भएकाे थियाे ।
प्रमुख अतिथी, विशिष्ट अतिथी र विशेष अतिथीहरूलाइ खादा लगाइ स्वागत गरी तथा दिप प्रज्वलन गरी कार्यक्रम उट्घाटन गरिएकाे हाे । राष्ट्रिय गान र शहिदहरू प्रति माैन धारण गरी कार्यक्रमकाे नगर प्रवक्ता नवराज भट्टराईले औपचारिक कार्यक्रम सुरू गरेका थिए ।
कार्यक्रममा नगरपालिका स्थायी (सताब्तदि पुरूष) १०० वर्ष माथीका ८ व्यक्तिहरूलाइ खादा, माला, प्रमाण पत्र र रू. १० हजार दिइ सम्मान गरिएकाे छ ।
यहि अवसर पारेर नगर गीतकाे प्रेमियर पनि गरिएकाे छ ।
यसका साथै, हालसम्मकाे नगर प्रगती विवरण, काेभिड १९ स्मारिका, स्वास्थ्य निति २०७८, जानकारीमुलक सन्देश सहितकाे स्वास्थ्य प्रवर्द्धन सन्देश र न्यायीक समितिकाे प्रगती प्रतिवेदन समेत विमाेचन गरिएकाे छ । आ.व. २०७७/०७८ मा सबै भन्दा बढि कर बुझाइ नगर विकासमा याेगदानका पुर्याएकाेमा ४ उत्कृष्ट करदाताहरू- कालसाङ्ग पालजोर शेर्पा, ह्याम्स हस्पिटल, उदिप श्रेष्ठ र नन्द लाल केसीलाइ सम्मान गरिएको छ ।
आठौं स्थापना दिवसकाे अवसर पारी राष्ट्रसेवक कर्मचारीहरूले आ-आफ्नाे क्षेत्रमा प्रदान गरेका उल्लेखनीय कार्यकाे सम्मान गर्नका लागि कदर पत्र वितरण गरिएकाे छ । यसका साथै, काेभिड-१९ काे महामारीकाे समयमा नगरपालिकालाइ जिन्सी र नगद सहयाेग गरेका व्यक्ति तथा संस्थाहरूलाइ सम्मान गरिएकाे छ । काेभिड महामारी नियन्त्रण तथा न्यूनीकरणमा खटिने कर्मचारीहरूलाइ प्रंशसा पत्र र नगरपालिकाभित्र कार्यरत कर्मचारीहरू मध्य २५ वर्ष सेवा अवधी पुरा भएका कर्मचारीहरूलाइ प्रमाणपत्र सहित दिर्घ सेवा पदक बाट सम्मान गरिएकाे छ।
सोहि अवसरमा नगरपालिकाबाट उत्कृष्ट कर्मचारीकर्मचारी पुरस्कार योजना महाशाखा प्रमुख महेश प्रसाद पाठकले पाउनु भएको छ। उहाँको कार्यकुशलता र नेतृत्वको उपस्थित अतिथिहरु सबैले खुलेर तारिफ गर्नु भएको थियो ।
कार्यक्रममा मेडिकल डेस्क र उद्यमशील महिलाहरूका साथै नगरबासीहरूकाे व्यवसायीक स्टलहरू पनि राखिएकाे थियाे ।