
युवालाई उद्यमशीलताको मार्गदर्शन गराउन तथा वित्तिय साक्षरताको आधारभूत तालिम सञ्चालन गर्ने सम्बन्धमा नगर युवा परिषदद्वारा “उद्यमशिलता तथा वितिय साक्षारता” तालिमका लागि सम्झौता भएकाे छ ।
राष्ट्रिय युवा परिषदका तर्फबाट डा.बाबुरमा ढुंगाना, बुढानिलकण्ठ नगर युवा परिषदका तर्फबाट नगरप्रमुख उद्धव खरेल र प्रभु बैंक लिमिटेडका तर्फबाट प्रमुख बजार अधिकृत मञ्जय राज पाण्डे बिच त्रिपक्षिय समझाैतामा हस्ताक्षर गरिएकाे हाे ।
उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम के उदेश्यले आयोजना गर्न लागिएको हाे ?
- युवा उद्यमी र अवसरको संयोजन गरी १ हप्ते प्रभावकारी तालिम मार्फत उद्यम प्रबर्द्धनमा सहयोग पुर्याउन,
- नेपाल सरकार अर्थ मन्त्रालयबाट जारी गरिएको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधि, २०७५ कार्यान्वयनमा सहयोग पुर्याउन,
- उद्यमी युवाहरुको क्षमता विकास गरी व्यवसायिक कर्जा प्रवाहमा सहजीकरण गर्न,
- उद्यमशीलताका माध्यमबाट युवालाई उत्पादनसँग जोड्न र रोजगारी सिर्जना गरी बाध्यतावस् हुने युवाको वैदेशिक पलायनलाई न्यूनीकरण गर्न,
- युवा लक्षित कार्यक्रमहरूको कार्यान्वयनमा साझा उद्देश्य प्राप्तिका लागि राष्ट्रिय युवा परिषद, विभिन्न सरकारी निकाय, स्थानीय सरकारहरु तथा वित्तीय संस्थाहरू बीचको समन्वय र सहकार्यको वातावरण तयार गर्ने, र
- उद्यमशीलता तथा वित्तीय साक्षरता (Generate your business-GYB, Start your business-SYB) सम्बन्धी तालिम सञ्चालनको लागत साझेदारीको नमुना ढाँचा स्थापित गरी विस्तार गर्दै लैजनानका निम्ति, उद्यमशिलता तथा वित्तिय साक्षरता तालिम किन आयोजना गर्न लागिएको हाे ।
सम्झौता हस्ताक्षर कार्यक्रममा नगर उपप्रमुख रमा देवी राइ, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्की, बडा नं. १० अध्यक्ष नवराज भट्टराई, बडा नं. ११ अध्यक्ष राजु अधिकारी, नगर युवा परिषद् कार्यकारी उपाध्यक्ष रूपेश भट्टराई, स्वास्थ्य शाखा प्रमुख कुमार दाहाल, योजना शाखा प्रमुख महेश पाठक, नगर युवा परिषद् सदस्यहरू, राष्ट्रिय युवा परिषद तथा प्रभु बैँकका प्रतिनिधीहरूकाे समेतकाे उपस्थिति रहेकाे थियाे ।
साे तालिम उपर थप जानाकारी प्राप्त गर्न इच्छुक युवा/व्यक्तिहरूले नगर युवा परिषदका प्रशासकिय अधिकृत भाेलाराज ढुङ्गानालाइ ९८४३१३८२७३ मा सम्पर्क गर्न सक्न हुनेछ ।