बूढानीलकण्ठ, मंसिर १५ गते । बूढानीलकण्ठ नगरपालिका वडा नं ०६ को ‘भद्रकालि संगालो-२०७८’ नामक पुस्तक सार्वजनिक भएको छ । मंगलबार वडाको न्यु भिजन क्लब परिसरमा एक विशेष कार्यक्रम आयोजना गरी पुस्तक अर्थात स्मारीका बिमोचन गरिएको हो ।

“जन प्रतिनिधिहरुको जबाफदेहिता, विकास निर्माणमा समान सहभागिता” नारा रहेको पुस्तकमा २०७२ सालको निर्वाचित जनप्रतिनिधिहरुको कार्यकाल अवधिभर अहिले सम्म भएका विकास निर्माणका कार्य, उक्त क्रममाथिका अनुभूतिहरू लगायत गजल, कविता, लेख-रचना जस्ता साहित्यका अंङ्गहरु समावेश छन् ।

वडाको चौतर्फी उन्नयनको धरातलमा उभिएर विश्लेष्ण गर्दा यस वडाले वडा र वडावासीको सर्वत्तोमुखी उन्नतिमा नविन आयाम थप्दै समस्त सरोकारवाला पक्ष, समाजसेवि, वुद्धिजिवि, शिक्षाप्रेमि, विकासप्रेमि, राजनितिज्ञ लगायत नागरिक समाजका लब्ध प्रतिष्ठित व्यक्तिहरुको सहयोगमा वडा समितिले नागरिकका आवश्यकता परिपुर्ति गरी सभ्य र सुशिक्षित समाज निर्माणमा सानो भएपनि योगदान  पुर्याउन अग्रसता देखाउन सकेको महसुस गरिएको सन्दर्भलाई अंगिकार गर्दै यो स्मारिका प्रकाशित गरिएको सम्पादक हरिश चन्द्र के.सी. ले बताउँनुभयो ।

वडाको अहिले सम्म भएका अति आव्श्यक सडक, खानेपानि, बिजुलि, स्वास्थ्यचौकि, विद्यालय, पार्क जस्ता भौतिक विकास वडावासिहरुको नेतृत्व, कौशलता जस्ता मानविय विकास कार्यहरु संगै सुचना, संञ्चार र प्रविधिमा भएका स्तरोन्नतिका विषयहरु लिखित तथा तस्विरहरुमा समावेश भएका छन् ।

वडावासीहरुको गजल, गित, कविता जस्ता साहित्यका सिर्जनाले केहि पानाहरु भरिएको स्मारिकामा ऐतिहासिक धार्मिक स्थल धरमपुर र भद्रकालि मंदिरको परिचय जस्ता साँस्कृतक आयामहरुले थप आकर्षक बनाउन मद्दत गरेका छन् ।

विमोचन कार्यक्रममा उपस्थित नगर प्रमुख उद्धव प्रसाद खरेलले वडा नं. ६ अध्यक्ष नविन केसी र अन्य जनप्रतिनिधिहरुको क्रियाशिलत र सहयोग प्रति धन्यवाद व्यक्त गर्दैँ मित्र नविन के. सी. ईमान्दार र निरन्तर समन्वय र सक्रिय रहने उहाँको असल प्रतिनिधित्व गुणको तारिफ गर्नु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख खरेलले वडा नं ६ मा सिमाना जोडिएका वडासंग समन्वय गर्दै नगर, प्रदेश र संघका प्रतिनिधिहरुसंग प्रभावकारी समन्वयमा  वडामा सम्पन्न भएका विकास निर्माणका गतिविधि समेटेर “भद्रकाली संगाले २०७८” बुढानिलकण्ठ नगरपालिका वडा नं ६ को वडा समितिबाट प्रकाशित गर्न लाग्नुभएको वडा प्रतिवेदनको महत्वपुर्ण अंश भएको समेत खुसीयालीमा ६ नं. वडा वासीहरुलाई हार्दिक शुभकामना सहित धन्यवादका साथ आभार प्रकट गर्नु भएको थियो ।

वडामा निर्वाचित जनप्रतिधि भएर कार्य गरिरहदा वडा समितिको प्रगति तथा गौरब कार्यहरुका विवरण सबै यस पुस्तकमा समावेश भएकोले यसमा भएका अंशहरु पढ्नुहुन सम्पुर्णमा अनुरोध गर्नु भएको छ । गौरबका योजनाहरु सहित यस वडामा थुप्रै गितिबिधिहरु निरन्तर चलिरहेको समेत के.सी ले जानकारी दिनु भयो ।

यस कार्यलाई सफल बनाउन सहयोग गर्नुहुने यसै क्षेत्रबाट निर्वाचित संघिय सरकारका माननिय ईश्वर पोखरेल, बागमति प्रदेशका माननिय दिपक निरौला, माननिय भिमसेन खत्री र नगरपालिका प्रमुख उद्दव प्रसाद खरेल, उपप्रमुख रमा देवि राई, नगरपालिकाका सम्पुर्ण  महाशाखा र शाखाहरु, वडाका कर्मचारिहरु, वडामा सकृय राजनितिक दलहरु, उपभोक्ता समितिहरु, टोल सुधार समितिहरु, महिला समुह , युवा समुह, वुद्दिजिविहरु लगायत सम्पुर्ण वडावासीको निरन्तर सहयोग र सद्बावलाई धन्यवाद दिनु भएको छ ।

उक्त बिमोचन कार्यक्रममा बागमति प्रदेश माननिय भिमसेन खत्रि, नगर प्रमुख उद्धव प्रसाद खरेल, उप प्रमुख रमा देवि राई, वडा अध्यक्ष नविन के.सी. ,  सम्पादक एवं गणेश मा.वि. का प्रधानाध्यापक हरिश चन्द्र के.सी. , वडा समिति परिवार, पुर्व गा.वि.स. अध्यक्ष श्याम बहादुर खड्का, बिभिन्न राजनितिक दलका प्रतिनिधिहरु लगायत समाजसेवि र वडावासीहरुको उपस्थिति रहेको थियो ।

सोहि कार्यक्रम मार्फत वडा नं ०६ ले कोभिड-१९ महामारीमा खटिएका स्वास्थ्यकर्मि, समाजसेवि, वडा कार्यलयमा सक्रिय रहेर कार्य सम्पादन गरिरहेका वडा समिति परिवार तथा कर्मचारि, लगायत विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान समेत गरेको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय