सहयोगापेक्षी ‘बेसहारा, असहाय, अनाथ, अभिभावकविहीन’ सडक आश्रित मानवको राष्ट्रिय उद्धार अभियान अन्तर्गत लागि परेको मानव सेवा आश्रमको टोलीलाई आज बूढानीलकण्ठ नगरपालिकाले स्वागत गरेको छ। नगरपालिकाले अभियानको सफलतालाई राहत पुर्याउनको निमित्त आश्रमलाई खाध्यान्न सामाग्रिहरु पनी सहयोग गरेको हो।
बूढानीलकण्ठ नगरपालिका प्राङ्गणमा आईपुगेका अभियानको टोलीलाई स्वागत गर्दै नगर प्रमुख उद्दव प्रसाद खरेलले नगरपलिकाको तर्फबाट अभियानलाई १५ बोरा चामल, २ बोरा दाल, ३ बोरा आलु, २ कार्टुन तेल, १५ केजि गेडागुडि, ९ प्याकेट डाईपर, १ बोरा मस्यौरा , १० लिटर फिनेल सहयोग गरेको छ। प्रमुख खरेलले स्वागत कार्यक्रममा टोलिलाई संबोधन गर्दै मानविय कार्यहरुमा नगरपालिकाले सहकार्य र सहयोग गर्दै आएको उदाहरणहरु प्रकाश पार्दै यस किसिमको कार्यहरुमा नगरको आवश्यक सहयोग रहने जानकारी दिएका थिए। अभियानको दौरान बूढानीलकण्ठमा खोजि गर्दा असाहय र सडक मानव नभेटिएको स्थितिलाई लिएर प्रमुखले नगरपालिका सडक मानव मुक्त भएकोमा खुसि व्यक्त गरे।
सडक आश्रित मानवको राष्ट्रिय उद्धार कार्यक्रम अन्तर्गत पुस ७ देखि प्रधानमंत्रि के.पी. शर्मा बाट उद्घाटन भएको मानव आश्रम सेवाको यस अभियानले विभिन्न कारण सडकमा आश्रय लिइरहेका मानवको उद्धारका लागि मेची—महाकाली यात्राको सुरुवात गरेको थियो। नेपालको १५ जिल्लामा २२ वटा कार्यालय मार्फत देशभरका सडक मानवलाई आश्रय दिने अभियानमा ३० जना अभियन्ता मेची—महाकाली यात्रामा निस्किएका थिए। यस अभियानको समापन माघ १६ गते हुने जानकारी उपस्थित मानव सेवाका प्रतिनिधी नबिना सिटौलाले दिइन।
स्वागत तथा राहत बितरण कार्यक्रममा नगरपालिका प्रमुख उद्दव प्रसाद खरेल, उप-प्रमुख रमा देवी राई, प्रदेस सांसद दिपक निरौला, बूढानीलकण्ठ प्रहरी प्रभाग प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङ, बूढानीलकण्ठ नगरपलिकाका विभिन्न शाखा कर्मचारी, मानव सेवा आश्रम अध्यक्ष रामजि अधिकारी लगायत अभियन्ताहरुको उपस्थिति रहेको थियो।
(तस्विरः शान्ति लामा, बिजय तामाङ, निमेष थापा)