बूढानीलकण्ठ, मंसिर १२ गते । बूढानीलकण्ठ नगरपालिकाले एउटै उद्देश्यका सहकारी संस्थामा दोहोरो सदस्यता त्याग्न नगरवासीमा अपिल गरेको छ । नगरपालिकाको सहकारी विकास शाखाले एकै प्रकृतिका सहकारीमा एकभन्दा बढी सदस्यता नलिन र लिएको भए त्याग्न अपिल गरेको हो ।

बूढानीलकण्ठ नगरपालिकाको सहकारी ऐन २०७५ को दफा २२ बमोजिम निर्णय गरी दोहोरो सदस्यता त्याग्न स्थानीय बासिन्दालाई आग्रह गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र कार्किले बताउँनुभयो । “सञ्चालकसमेतलाई दोहोरो सदस्यता नबन्न र बनेको भए एउटा मात्र छनोट गरी बस्न आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो । उहाँको अनुसार दोहोरो सदस्यता नत्यागे कारवाहीसमेत गरिने जानकारी दिइएको छ ।

बूढानीलकण्ठ नगरपालिकाको सहकारी ऐन २०७५ को दफा २२ मा कुनै व्यक्ति एकै प्रकृतिको एकभन्दा बढी संस्थाको सदस्य हुन पाउने छैन । तर यो ऐन प्रारम्भ हुनु अघि कुनै व्यक्ति एक प्रकृतिको एकभन्दा बढी संस्थाको सदस्य रहेको भए कुनै एक संस्थाको मात्र सदस्यता कायम राख्नुपर्ने व्यवस्था रहेको छ।

सहकारी विकास शाखा प्रमुख गिता ठगुन्नाका अनुसार सहकारी विभागले एकभन्दा बढी सहकारीमा रहेको दोहोरो सदस्यता हटाउन दिएको निर्देशन पालना गराउन नगर कार्यालयमार्फत अपिल गरिएको हो । सहकारी ऐन–२०७४ को दफा ३२ मा कुनै व्यक्ति एक स्थानीय तहको एकै प्रकृतिका एकभन्दा बढी सहकारी संस्थाको सदस्य हुन नपाउने व्यवस्था अनुरुप विभागले ऐन लागू भएकै मितिदेखि एक स्थानीय तहको एउटै प्रकृतिका एकमात्र सहकारी बस्न निर्देशन दिएको थियो ।

नगरमा बचत तथा ऋण, कृषि, महिला, पशुलगायत विभिन्न प्रकृतिका ६७ भन्दा बढी सहकारी रहेका ठगुन्नाले बताउँनुभयो । उहाँको अनुसार नगरको प्रारम्भिक अनुसन्धानमा अधिकांश नगरवासी बचत तथा ऋण र बहुउद्देश्यीय सहकारीमा दाहोरो, तेहेरो सदस्यता रहेको पाइएको छ ।

नगरपालिकाले जारी गरेको सुचनाः

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय