बूढानीलकण्ठ, मंसिर १२ गते । बूढानीलकण्ठ नगरपालिका सहकारी शाखाले बचत तथा ऋणको मुख्य कारोबार गरेका बहुउद्देश्यीय तथा अन्य विषयगत सहकारी संघसंस्थालाई कारोबार बारे महत्वपूर्ण सुचना जारी गरेको छ ।
बूढानीलकण्ठ नगरपालिकाको सहकारी ऐन २०७५ को दफा ३९ मा बचत तथा ऋणको मुख्य कारोबार गर्ने गरी दर्ता भएको संस्था बाहेक अन्य विषयगत वा बहुउद्देश्यीय संस्थाले बचत तथा ऋणको मुख्य कारोबार गर्न पाउने छैन ।
यो ऐन प्रारम्भ हुनु अघि बहुउद्देश्यीय वा विषयगत संस्थाको रुपमा दर्ता भई मुख्य कारोवारको रुपमा वचत तथा ऋणको कारोबार गर्दै आएको भए त्यस्तो संस्थाले बचत तथा ऋणको मुख्य कारोबार नहुने गरी दर्ता हुँदाका बखतमा उल्लेख गरिएको मुख्य कारोवार गर्ने गरी संस्था सञ्चालन गर्नुपर्ने व्यवस्था रहेको छ ।
तसर्थ बहुउद्देश्यीय वा अन्य विषयगत सहकारी संस्थाले दिंएको मुख्य कारोबारको परिभाषा अनुसार कारोबार गर्न गराउन सहकारी शाखाले अनुरोध गरेको छ । अन्यथा कानुनबमोजिम कार्वाही गरिने व्यहोरा जानकारी दिएको छ ।