बूढानीलकण्ठ, मंषिर १० गते ।
बूढानीलकण्ठ नगरपालिकाले विश्व भ्रमणका लागि ईलेक्ट्रीक साइकल उपहार दिएको छ । प्रमुख प्रशासकीय अधिकृत लगायत सम्बन्धित शाखा कर्मचारीको उपस्थितिमा मेयर उद्धवप्रसाद खरेलले श्री शुभप्रसाद शर्मालाई साइकलको साँचो हस्तान्तरण गरेका हुन् ।
काठमाडौं महानगरपालिका वडा नम्बर ७, गौरीघाटका बासिन्दा शर्माले जनवरी १, २०२२ देखि साइकलमा विश्व भ्रमण गर्ने योजना बनाएका छन्। उनको उद्देश्य जलवायु परिवर्तन र ग्लोबल वार्मिङका समस्याहरूलाई सम्बोधन गर्नु हो।
कार्यक्रम करिब ४-५ वर्षसम्म चल्नेछ। उनले १५० देशमा करिब ५०० रूख रोप्ने योजना बनाएका छन् । यसैगरी, सम्भव भएसमम जलवायु परिवर्तन र ग्लोबल वार्मिङ सम्बन्धी सचेतना कार्यक्रमहरु पनि संचालन गर्ने याेाजना रहेकाे शर्माले बताएका छन ।
यस कार्यक्रमको सफल कार्यान्वयनको लागि उनले बूढानिलकण्ठ नगरपालिका बाहेक पनि विभिन्न सरकारी निकाय, स्थानीय र अन्तर्राष्ट्रिय संघसंस्थासँग पनि सहकार्य गरेका छन् ।