लैङ्गिक हिंसा विरुद्धको १६ दिने अन्तराष्ट्रिय अभियान संचालनका लागि बूढानीलकण्ठ नगरपालिका जनसंख्या तथा सामाजिक समावेशीकरण महाशाखाले छलफल कार्यक्रम संचालन गरेकाे छ । छलफल कार्यक्रममा उपस्थित सबैले नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म अभियानका क्रममा गर्ने याेजनाहरू बारे छलफल गरेका छन । 

कार्यक्रममा प्रजनन स्वास्थ्य,आर्थिक स्वतन्त्रता, लैङ्गिक हिंसा विरूद्धकाे शिक्षा र आत्मरक्षा प्रशिक्षण समेतका महिला सशक्तिकरणका याेजनाहरू बारे छलफल भएकाे छ । 

“घरबाटै सुरु गरौँ, महिला हिंसा अन्त्य गरौँ” नाराकालाइ सार्थक पार्न कार्यक्रमहरूलाइ हरेक वडामा र घरमा पुर्‍याउनु पर्ने उप-प्रमुख राईले बताएका छन । 

उप-प्रमुख रमा देवी राई अध्यक्ष रहेकाे यस कार्यक्रममा नगरपालिका अन्तर्गतका रहका महिलाकाे विकास तथा सशक्तिकरणमा काम गर्ने संघ संस्थाका प्रतिनिधी तथा वडा वडाबाट महिला जनप्रतिनिधीहरूकाे उपस्थिती रहेकाे थियाे। 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय