यहि मंसिर ८ गते देखि १० गते सम्म ३ दिनका लागी बूढानीलकण्ठ नगरपालिका स्वास्थ्य महाशाखाले भेरोसेल (VeroCell) खोप पुनः प्रदान गर्नेछ ।
यस ३ दिने अभियानमा हाल सम्म भेरोसेलकाे कुनै मात्रा नलगाएकाे र यस अघि भेरोसेल (VeroCell) खोपको दोस्राे मात्राको लगाउन छुट भएकाहरुका व्यक्तिहरूलाइ खाेप लगाइने छ ।
खोप केन्द्रहरु:
१. शिवपुरी हेल्थ केयर सेन्टर, हात्तिगौडा, बूनपा वडा नं. ०७
२. अस्थायी नगर अस्पताल, डिट्टाचौर, बालुवाखानी, बूनपा वडा नं. १०
मितिः २०७८ साल मंसिर ८ गते देखि मंसिर १० गते सम्म
समयः विहान १०:०० बजे देखि दिउँसो ४:०० बजेसम्म
बूढानीलकण्ठ नगरपालिकामा स्थायी तथा अस्थायी रुपमा बसोबास गर्नुहुने सम्पूर्णलाइ पायक पर्ने स्थानमा गइ खाेप लगाउन हुन अनुरोध छ।