बुढानीलकण्ठ, कार्त्तिक २५ गते (बिहिबार) ।  राष्ट्रिय जनगणना २०७८ बिहीबारदेखि सुरु भएको छ ।  ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित आजबाट मंसिर ९ गतेसम्म १२ औं राष्ट्रिय जनगणना सुरु भएको हो । बूढानीलकण्ठ नगरपालिकामा पनि आज बिहान ९ः३० बजे नगर प्रमुखको गणना गरी जनगणना सुभारम्भ गरिएको छ ।

नेपालमा २०१८ सालदेखि अन्तर्राष्ट्रिय मानक तथा वैज्ञानिक पद्धतिअनुसार प्रत्येक दस वर्षमा हुँदै आएको जनगणना २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ । बूढानीलकण्ठ नगरपालिकामा मात्र ४१ जना सुपरिवेक्षक सहित १८८ गणक कार्यक्षेत्रमा खटिएका छन् ।

एक जना गणकलाई एउटा परिवारको जनगणना गर्न करिब २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । एक जना गणकले औसत एक दिनमा बाह्रवटा घर परिवारको गणना गर्नुपर्ने स्थानीय जनगणना कार्यालय, बूढानीलकण्ठका अधिकारी भोला ढुङ्गानाले जानकारी दिनुभयो ।

प्रत्यक १० बर्षमा गरिने राष्ट्रिय महत्वको तथ्याङ्क संकलन कार्यमा स्वयं सहभागि भएमात्र गणना पुर्ण हुने भएकोले आफ्नो सहि विवरण दिएर सहयोग गर्न हरेक नागरिको कर्तव्य रहेको बताउनुभएको छ । उहाँले आग्रहका साथ सबै गणकहरुलाई सत्य विवरण दिनुहुन भन्दै आफ्नो साथिभाई, छरछिमेकि र चिनेजानेका सबैलाई जनगणनामा सहभागि हुन प्रेरित गर्नु भएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय