च्यासिन्डाेल नमूना पार्ककाे शिलान्यास समाराेह यहि माघ १२ गते सम्पन्न भएकाे छ । माननीय उप-प्रधानमन्त्री श्री ईश्वर पोखरेल, माननीय सांसद दिपक निराैला, र वडा प्रतिनिधिद्वारा पार्ककाे शिलान्यास गरिएको थियो । यस याेजनाकाे अनुमानित लागत कूल ६ करोड रहेकाे छ भने क्षेत्रफल ५७०/११५ वर्ग मिटर रहेकाे छ । बूढानीलकण्ठ वडा नं. ०६ च्यासिन्डाेलमा पर्यावरण अनुकूल, तथा सबै उमेर समूहका व्यक्तिहरूको लागि सामुदायिक-उन्मुख पार्क विकास गरिने छ । याे पार्क प्राकृतिमा न्यूनतम हस्तक्षेप हुने तरिकाले डिजाइन गरिएकाे छ । यस पार्कले वरपरका मानिसहरुको जीवनशैलीको गुणस्तर सुधार गर्नमा, र समुदायका लागि स्वस्थ सास फेर्न सक्ने ठाउँको रूपमा काम गर्ने अपेक्षा समेत गरिएकाे छ ।
यस कार्यक्रममा माननीय उप-प्रधानमन्त्री श्री ईश्वर पोखरेल, माननीय सांसद दिपक निराैला, बूढानीलकण्ठका नगर प्रमुख उद्धव प्रसाद खरेल, काठमाडौं विकास प्राधिकारण आयुक्त भाई काजी तिवारी, वडा नं. ६ का वडा अध्यक्ष नविन के.सी., वडा नं. ६ का वडा अध्यक्ष बसनारायण महर्जन, बू.न.पा. महिला सदस्य नानु खड्का, स्थानिय बुद्धिजिवीहरू तथा च्यासिन्डाेल युवा क्लबका सदस्यहरूकाे उपस्थिति रहेकाे थियाे ।
काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त डा. भाइ काजी तिवारीले यस पार्कको निर्माण कार्य आ.व. २०७७/०७८ काे अन्त्य सम्ममा सक्किने गरी अघि बढाउन आग्रह गर्नु भएको छ । यसका साथै संयुक्त राष्ट्रसंघले यस्तो आयोजनाहरूको लागी ६.२ मिलियन डलर दिएको बताउदै, यो योजना सुरूवात नै च्यासिन्डाेल नमूना पार्कबाट गरिएके जानकारी दिनुभएकाे थियाे।
उप-प्रधानमन्त्री श्री ईश्वर पोखरेलले यस ठाउँको सौन्दर्यको बारेमा चर्चा गर्ने क्रममा पार्क निर्माणका साथै पार्क संरक्षण गर्न जरुरी रहेको बताउनु भयो ।