“मेरो गणना, मेरो सहभागिता” नारा सहितको राष्ट्रिय जनगणना २०७८ मा सहभागी भई सहयोग गरिदिनुहुनको लागि बूढानीलकण्ठ नगरपालिकाले अनुरोध गरेको छ ।

कार्तिक २५ देखि मंसिर ९ गते सम्म मुख्य प्रश्नावली फाराम भर्न घर-घरमा आउने गणक\कर्मचारीहरूलाई सही विवरण उपलब्ध गराई सहयोग गरी दिनु हुनका साथै आफ्ना टोलवासी/ छिमेकीहरूलाई जनगणनामा सहभागी हुन जानकारी दिई राष्ट्रिय जनगणना २०७८ लाई सफल पार्न सबै उत्तरदाताहरूमा स्तानीय जनगणना कार्यालय, बुढानीलकण्ठ नगरपालिकाले अनुरोध गरेको हो ।

प्रत्यक १० बर्षमा गरिने राष्ट्रिय महत्वको तथ्याङ्क संकलन कार्यमा स्वयं सहभागि भएमात्र गणना पुर्ण हुने भएकोले आफ्नो सहि विवरण दिएर सहयोग गर्न हरेक नागरिको कर्तव्य रहेको बताउनुभएको छ । उहाँले आग्रहका साथ सबै गणकहरुलाई सत्य विवरण दिनुहुन भन्दै आफ्नो साथिभाई, छरछिमेकि र चिनेजानेका सबैलाई जनगणनामा सहभागि हुन प्रेरित गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय