बूढानीलकण्ठ , कार्त्तिक २३ गते । उद्यम विकासको लागि बूढानीलकण्ठ नगरपालिकाले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न लागेको छ । कार्यक्रममा सहभागि हुनका लागि आवेदन पेश गर्ने मिति १ हफ्ता मात्र बाँकि रहेकोले यस समयावधि भित्र आवेदन पेश गरी नगरपालिकाको सेवा लिनुहुन नगरप्रमुख उद्दव प्रसाद खरेलले अनुरोध गर्नु भएको छ ।
नगरपालिका अन्तर्गत सञ्चालित व्यवसाय तथा नयाँ व्यवसायहरुको स्थापना तथा क्षमता स्तरोन्नतिको लागि नगरपलािकाले ४ प्रभावकारि कार्यक्रमहरु सञ्चालन गर्न लागेको हुँदा कार्यक्रममा सहभागि हुन ईच्छुक उद्यमि तथा व्यवसायीहरुले कार्त्तिक महिनाको २९ गते सम्ममा आवेदन पेश गर्नुहुन नगरपालिकाले सुचना जारी गरेको हो ।
यस कार्यक्रम अन्तर्गत ३१ वटा प्रस्ताव छनौट हुने भएकोले नगरपालिकाले तोकेको ढाँचा अनुसार आवेदन पेश गरी कार्यक्रमबाट पाईने सेवा लिनुहुन सम्पुर्णमा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्किले अनुरोध गर्नु भएको छ।
कार्यक्रमहरुको वृस्तृत विवरणः
वित्तिय टेवा प्रदान गरेर गरिने कार्यक्रम
यस कार्यक्रम अन्तर्गत नयाँ व्यक्तिगत व्यवसाय तथा उद्यमिहरुको स्थापना र स्तरोन्नतिको लागि १५ वटा आवेदन छनौट हुने छन् । व्यवसाय मुलक क्षेत्र समेटिने यस कार्यक्रम मार्फत प्रति फर्म अथवा समुहले ५० हजार सहयोग पाउने व्यवस्था छ ।
वित्तिय टेवा दिने (महिला समुहहरुद्वारा सञ्चालित उद्यमि \व्यवसायि)
यस कार्यक्रम अन्तर्गत महिला समुहहरुद्वारा सञ्चालित उद्यमि तथा व्यवसायिहरुको क्षमता र सतरोन्नतिको लागि उत्पादन एवं व्यवसायमुलक १० वटा फर्म अथवा समुहलाई प्रति १ लाख सम्मको सहयोग गरिने छ ।
वित्तिय टेवा दिने (सहकारी संस्थाबाट सञ्चालित उद्यमि\व्यवसायि)
यस कार्यक्रम अन्तर्गत व्यवसायको क्षमता र व्यवस्थापन स्तरोन्नतिको लागि ४ वटा उत्पादन एवं व्यवसायमुलक फर्म अथवा समुहले २ लाख सम्म सहयोग पाउने छन् ।
साझेदारीमा लक्षित वर्गको लागि
यस कार्यक्रम अन्तर्गत उद्यम स्थापनाको लागि ४ वटा नयाँ व्यक्तिगत तथा सामुहिक व्यवसायमुलक फर्म अथवा समुहलाई ५ लाख सम्म सहयोग मिल्ने छ ।
नोटः
१. माथि उल्लेखित प्रस्ताव पेश गर्दा आवश्यक पर्ने कागजात स्वघोषणा अनिवार्य रुपमा पेश गर्नु पर्नेछ । सो सम्बन्धी व्यवस्था बूढानीलकण्ठ नगरपालिकाको उद्यमशिलता विकास सम्वन्धी कार्यविधी तथा मापदण्ड-२०७७ मा उल्लेख गरिएको छ ।
२. पेश हुन आएका प्रस्तावहरुको मूल्याँकन बूढानीलकण्ठ नगरपालिकाको उद्यमशिलता विकास सम्बन्धी कार्यविधी तथा मापदण्ड-२०७७ बमोजिम गरिने भएकाले प्रस्ताव पेश गर्नुपुर्व उक्त मापदण्ड अध्ययन गरी पेश गर्नुपर्नेछ ।
३. प्राप्त प्रस्तावहरुमध्ये सबै भन्दा बढी अङ्क /भार प्राप्त गर्ने प्रस्तावहरुबाट छनौट गरिनेछ ।
४. समान अङ्क / भार प्राप्त गर्ने प्रस्तावहरु मध्ये निर्धारित प्राथमिकताको आधारमा छनौट गरिनेछ ।
५. सामुहिक भन्नाले ५ जना वा सो भन्दा बढी व्यक्तिहरुको समुह भएको हुनु पर्नेछ ।
६. उद्यमशिलता विकास सम्वन्धी कार्यविधी तथा मापदण्ड २०७७ नगरपालिकाको वेबसाईट www.budhanilkanthamun.gov.np मा उपलब्ध छ ।
७. थप जानकारीको लागि मो.नं. ९८४३१३८२७३ मा सम्पर्क गर्न सकिने छ ।