
बूढानीलकण्ठ, कार्त्तिक १५ गते । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट संचालित निजी आवास पुनर्निर्माण (पुनर्निर्माण प्रवलिकरण वा मर्मत संभार) सम्बन्धि नगरपालिकाको पुनर्निर्माण शाखाबाट संचालन हुँदै आएको लाभग्राहीहरुको किस्ता शिफारिस लगाएत रोकिएका सम्पूर्ण कार्यहरु जिल्ला आयोजना कार्यन्वयन ईकाई (भवन तथा आवास) थापाथली बाट सम्पादन हुने भएको छ ।
किस्ता सिफारिस लगायतका कार्यहरुबारे सहजिकरणका लागि नगरपालिकाबाट सव ई. विनोद बनमाला (सम्पर्क नं. ९८४१५८०१७५) लाई तोकिएको नगरपालिकाले जानकारी दिएको छ । अन्य थप जानकारीको लागि सरोकारवाला लाभग्राहीहरुले जिल्ला आयोजना कार्यन्वयन ईकाई(भवन तथा आवास), थापाथली, काठमाडौंमा सम्पर्क गर्नुहुन अनुरोध गरेको छ ।
जिल्ला आयोजना कार्यन्वयन ईकाई(भवन तथा आवास), थापाथली, काठमाण्डौमा सम्पर्कको लागिः
-ई.कुसुम देव, सम्पर्क नं. ९८६०२९०९३
-फायल निरिक्षण र फिल्ड निरिक्षणको लागि सब. ई. निरन्जन चौधरी सम्पर्क नं. ९८६०८०४४७६
-अनुसूची र अन्य कागजात रुजु र फिल्ड निरिक्षणको लागि अ. सव.ई. भरत बहादुर शाह, सम्पर्क नं. ९८४५९६९७२०
-फायल रुजु र दर्ताको लागि अ.सव.ई. रोशना राई, सम्पर्क नं. ९८२३१०१२२४