बूढानीलकण्ठ, कार्त्तिक १५ गते । बूढानीलकण्ठ नगरपालिका वडा नं ०५ मा महिला समुहहरु लागि अचार बनाउने तालिम सञ्चालन भएको छ । “गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम” (मेडपा) अन्तर्गत सञ्चालन भएको तालिमबाट २४ जना महिलाहरुले विभिन्न १० परिकारका अचार बनाउन सिकेका छन् ।
वडा अन्तर्गत रहेका महिलाहरुको सिप र क्षमतामा अभिवृद्धि गर्दै महिला उद्यमि उत्पादन गर्ने उद्देश्यका साथ सुरु भएको १० दिने तालिमको आईतबार नगर उपप्रमुख रमा देवि राई, वडा नं. ०५ अध्यक्ष विजय तामाङ, कार्यपालिका सदस्य तारा रोक्का, वडा नं. ०५ सदस्य हेप्सिवा तामाङ्, प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्कि, योजना शाखा प्रमुख महेश प्रसाद पाठक, उद्यम तथा पर्यटन विकास शाखा प्रमुख भोला लामिछाने लगायत उद्यम सहजकर्ता जनार्दन मिश्रको उपस्थितिमा सम्पन्न भएको छ । समापन कार्यक्रममा नगर उपप्रमुख रमा देवि राई द्वारा सहभागिहरुलाई प्रमाण पत्र वितरण सहित सम्मान गरिएको थियो।
१० दिने अचार बनाउने तालिमबाट करेला, लप्सि, कागति, मासु, मेथिको टुसा, मिक्स जस्ता विभिन्न परिकारका अचारहरु उत्पादन गर्ने तरिका र बजारमा बिक्रि गर्न मिल्ने गरि यसको मुल्य आँकलन तथा प्याकेजिङ गर्न सिकेको प्रशिक्षार्थि बिमला राईले बताउनु भयो । यसको साथै आफुले सिकेको सिपलाई व्यवहारीक व्यवसायमा लैजाने प्राविधिक शिक्षा र उद्यमि बन्नको लागि चाहिने बजार व्यवस्थापन, क्रेता र बिक्रेता बिचको सम्बन्ध, आय-व्य्यको सिद्धान्त जस्ता ज्ञानहरु लिन पाएको राईले बताउनुभयो ।
कार्यक्रममा उपस्थित नगर प्रमुख रमा देवि राइले सहभागिहरुले तयार गरेका अचारहरुको जाँच गर्नु भएको थियो । अचारको गुणस्तर चित्तबुझ्दो रहेको बताउँदै महिला दिदिबहिनिहरुले सिकेको यस तालिमकाे सदुपयाेग गरी उद्यमी बन्न निकै जरूरी रहेकाे जानकारी दिनुभयो । उद्यम गर्दा चाहिने आर्थिक अथवा व्यवसायीक रूपमा साहयता चाहिएमा नगरपालिकाबाट सक्दाे सहयाेग गर्ने प्रतिवद्दता समेत जाहेर गर्नु भएको थियो ।
यस्तै नगरपालिका प्रमुख प्रशासकिय अधिकृत राजेन्द्र कार्किले नगरपालिकाद्वारा सञ्चालन गरिएको यस किसिमको उत्पादनशिल तालिममा सहभागि भई प्रशिक्षण लिनु भएकोमा सहभागिहरुलाई धन्यबाद दिनु भएको थियो । नगरपालिकाले महिला सशक्तिकरण तथा महिला उद्यमि उत्पादन गर्ने उद्देश्यका साथ विभिन्न किसिमका शीपमुलक तालिमहरु सञ्चालन गर्दै आएको बताउँदै सञ्चालन भएका तालिमहरुको अनुगमन र मुल्याङ्कन गर्दा महिला दिदिबहिनिहरुमा शीप र क्षमताको विकासमा टेवा पुगेको नगरपालिकाले महसुस गरेको बताउँनुभयो ।