बूढानीलकण्ठ, कार्त्तिक १२ गते । बूढानीलकण्ठ नगरपालिकामा कृषि क्षेत्र प्रवर्धनको लागि नगरपालिका कृषि विकास शाखाले विभिन्न ८ प्रभावकारि कार्यक्रमहरु ल्याएको छ ।

कृषि विकास शाखाको आर्थिक वर्ष २०७८\७९ स्विकृत कार्यक्रम अन्तर्गतका कार्यक्रमहरुका लागि नगरपालिका भित्र रहेका कृषक, कृषि सहकारि, कृषि फर्म लगायत कृषि व्यवसायमा संलग्न समुहहरुलाई कार्त्तिक २६ गते सम्म आवेदन सहितको प्रस्ताव पेश गर्नुहुन शाखाले अनुरोध गरेको छ ।

विभिन्न ८ कार्यक्रमहरु मध्य प्लाष्टिक टनेल वितरण, प्राङ्गारिक मल वितरण, कौसि खेतिका लागि कोकोपिट\ भर्मिक मल\ ग्रोव्याग\ गमला\ स्प्रेयर\ हजारी \ स्ट्याण्ड वितरण, कम्पोष्ट बिन लगायत मिनि टिलर वितरण जस्ता कार्यक्रमहरु रहेका छन् ।

कृषि बिकास शाखा प्रमुख लक्ष्मि घर्तिका अनुसार कार्यक्रमहरु अन्तर्गतका कृषि सामाग्रिहरु ५०% अनुदानमा वितरण हुने हुँदा शाखाले तोकेको समय भित्र आवेदन दिई नगरपालिकाको सेवा लिनुहुन कृषकहरुमा अनुरोध गर्नु भएको छ ।

कार्यक्रमहरुको विस्तृत विवरणः

प्लाष्टिक टनेल वितरणः

यस कार्यक्रम अन्तर्गत प्रति रोल ६x२० मि. प्लाष्टिक ५०% अनुदानमा वितरण हुने छ ।

आवश्यक कागजातहरुः

  • सम्बन्धित वडा कार्यालयको सिफारिस ।
  • व्यवसायिक कृषि फर्म, कृषक समुह\सहकारी तथा फार्म दर्ता प्रमाण पत्र प्रतिलिपि ।
  • कृषक समुह\सहकारीहरुको हकमा प्यान तथा कर चुक्ताको प्रतिलिपि र कृषक समुह\सहकारीको निर्णय प्रतिलिपि ।
  • खेति गरिएको जग्गाको लाल पुर्जाको प्रतिलिपि (जग्गा कम्तिमा २ रोपनि हुनु पर्ने) ।
  • जग्गा भाडामा भए करार सम्झौताको प्रतिलिपि ।
  • निवेदकको नागरिकताको प्रतिलिपि ।

*अनुदान नलिएका कृषकहरुलाई प्राथमिकता दिईने छ ।

प्राङ्गारिक मल वितरणः

यस कार्यक्रम अन्तर्गत १७ टन प्राङ्गारिक मल ५०% अनुदानमा वितरण गरिने छ ।

आवश्यक कागजातहरुः

  • सम्बन्धित वडा कार्यालयको सिफारिस ।
  • व्यवसायिक कृषि फर्म, कृषक समुह\सहकारी तथा फार्म दर्ता प्रमाण पत्र प्रतिलिपि ।
  • कृषक समुह\सहकारीहरुको हकमा प्यान तथा कर चुक्ताको प्रतिलिपि र कृषक समुह\सहकारीको निर्णय प्रतिलिपि ।
  • खेति गरिएको जग्गाको लाल पुर्जाको प्रतिलिपि ।
  • जग्गा भाडामा भए करार सम्झौताको प्रतिलिपि ।
  • निवेदकको नागरिकताको प्रतिलिपि ।

*१०० केजि सम्म मल लिन वडा कार्यालयको सिफारिस आवश्यक पर्ने छैन ।

कौसिखेति गर्ने कृषकका लागि कोकोपिट वितरणः

यस कार्यक्रम अन्तर्गत ५० % अनुदानमा १.५ टन कोकोपिट वितरण गरिने छ ।

आवश्यक कागजातहरुः

  • व्यक्तिगत कृषकको हकमा निवेदन ।
  • कृषक समुह\ कि सहकारी\ दर्ता प्रमाण पत्र र कृषक समुह सहकारीको निर्णय प्रतिलिपि
  • प्यान तथा कर चुक्ताको प्रतिलिपि ।
  • निवेदकको नागरिकताको प्रतिलिपि ।

कौसिखेति गर्ने कृषकका लागि भर्मिक मलः

यस कार्यक्रम अन्तर्गत ५०% अनुदानमा १० टन भर्मिक मल वितरण गरिने छ ।

आवश्यक कागजातहरुः

  • व्यक्तिगत कृषकको हकमा निवेदन ।
  • कृषक समुह\ कि सहकारी\ दर्ता प्रमाण पत्र र कृषक समुह सहकारीको निर्णय प्रतिलिपि
  • प्यान तथा कर चुक्ताको प्रतिलिपि ।
  • निवेदकको नागरिकताको प्रतिलिपि ।
  • १०० के.जि. भन्दा बढि मल मागको लागि वडा कार्यालयको सिफारिस ।

*कौसि खेति गर्ने कृषकको माग कम आएमा व्यवसायिक कृषकहरुलाई उपलब्ध गराउन सकिने छ।

कौसिखेति गर्ने कृषकका लागि ग्रो ब्याग\ गमला, हजिरि, स्परेयर, वितरणः

यस कार्यक्रम अन्तर्गत ग्रो ब्याग\ गमला, हजिरि, स्परेयर, वितरण गरिने छ ।

आवश्यक कागजातहरुः

  • व्यक्तिगत कृषकको हकमा निवेदन ।
  • कृषक समुह\ कि सहकारी\ दर्ता प्रमाण पत्र र कृषक समुह सहकारीको निर्णय प्रतिलिपि
  • प्यान तथा कर चुक्ताको प्रतिलिपि ।
  • निवेदकको नागरिकताको प्रतिलिपि ।

कौसिखेति गर्ने कृषकका लागि स्ट्याण्ड वितरणः

यस कार्यक्रम अन्तर्गत ५०% अनुदानमा कौसि खेति गर्ने कृषकका लागि ११० थान स्ट्याण्ड वितरण गरिने छ ।

आवश्यक कागजातहरुः

  • व्यक्तिगत कृषकको हकमा निवेदन ।
  • कृषक समुह\ कि सहकारी\ दर्ता प्रमाण पत्र र कृषक समुह सहकारीको निर्णय प्रतिलिपि
  • प्यान तथा कर चुक्ताको प्रतिलिपि ।
  • निवेदकको नागरिकताको प्रतिलिपि ।

कम्पोष्ट बिन वितरणः

यस कार्यक्रम अन्तर्गत ५०% अनुदानमा २५० थान कम्पोष्ट बिन वितरण गरिने छ ।

आवश्यक कागजातहरुः

  • व्यक्तिगत कृषकको हकमा निवेदन ।
  • कृषक समुह\ कि सहकारी\ दर्ता प्रमाण पत्र र कृषक समुह सहकारीको निर्णय प्रतिलिपि
  • प्यान तथा कर चुक्ताको प्रतिलिपि ।
  • निवेदकको नागरिकताको प्रतिलिपि ।

मिनि टिलर वितरणः

यस कार्यक्रम अन्तर्गत ५०% अनुदानमा १२ थान मिनि टिलर वितरण गरिने छ ।

आवश्यक कागजातहरुः

  • सम्बन्धित वडा कार्यालयको सिफारिस ।
  • व्यवसायिक कृषि फर्म, कृषक समुह\सहकारी तथा फार्म दर्ता प्रमाण पत्र प्रतिलिपि ।
  • कृषक समुह\सहकारीहरुको हकमा प्यान तथा कर चुक्ताको प्रतिलिपि र कृषक समुह\सहकारीको निर्णय प्रतिलिपि ।
  • खेति गरिएको जग्गाको लाल पुर्जाको प्रतिलिपि (जग्गा कम्तिमा २ रोपनि हुनु पर्ने) ।
  • जग्गा भाडामा भए करार सम्झौताको प्रतिलिपि ।
  • निवेदकको नागरिकताको प्रतिलिपि ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय