“सीप सिकाैं, सीपकाे सदुपयाेग गरी उद्यमी बनाैं” भन्ने नारका साथ नगरपालिकाका महिलाहरुले “गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम” (मेडपा) अन्तर्गतकाे ४५ दिने एडभान्स सिलाइ कटाइ तालिम लिई रहेका छन् । दक्ष जनशक्ति उत्पादन गरि गरिबी निवारण गर्नका लागि अग्रसर बूढानीलकण्ठ नगरपालिकाले सुरु गरेको तालिम मार्फत महिला प्रशिक्षार्थिहरुको सिप र क्षमतामा अभिवृद्धि भएको पाईएको छ । 

प्रशिक्षार्थि सिता श्रेष्ठका अनुसार आफु सिलाई कटाई प्रकृया बारे सियो पनि चलाउन नजानेको तर अहिले आफै डिजाईन गरेका कपडाहरु मेसिनमा सिएर आकार दिन पाउँदा सिप विकास भएको बताउँनुहुन्छ ।

यस्तै घरगृहस्ति नविना तामाङ  तालिम कक्षामा पुर्ण केन्द्रित भई  प्रशिक्षक सँग आफुले नजानेका कामहरु सिकिरहेको देखिनुहुन्छ । उहाँको सिकाई प्रकृया बारे प्रश्न गर्दा यहि सिपलाई आर्थिक उत्पादनको स्रोत बनाउने र व्यवहारिक रुपमा यसलाई मुल व्यवसाय तिर लैजाने योजना रहेको बताउँनुहुन्छ ।

यस तालिममा महिलाहरूले टाेपी, भाेटाे, दाउरा सुरूवाल, पेटिकाेट, बाउले भाेटाे, कुर्ता सुरूवाल, चाैबन्दि चाेलाे लगायतका १३ वटा डिजाइन सिकिरहेका छन् । 

भाद्र २३ गते बाट सुरु भएको तालिमको नगर उपप्रमुख रमा देवि राई र प्रशासकिय अधिकृत केदार कुमार खड्काको संयुक्त टोलिले अनुगमन गर्नु भएको छ । अनुगमनमा रहनु भएका रमा देविराईलाई उत्पादित कपडाहरु देखाउँदै सहभागि महिला दिदिबहिनिहरुले तालिममा सिकेका सिपहरुको प्रत्यक्ष प्रदर्शनि समेत दिनु भएको थियो ।

उपप्रमुख राईले तालिममा सिकेका सिपलाई व्यवहारिक रुपमा उतार्दै उद्यमि बन्न सुझाब दिनुभएको छ । तालिमकाे सदुपयाेग गरी उद्यमी बन्न निकै जरूरी रहेकाे हुँदा आर्थिक अथवा व्यवसायीक रूपमा साहयता चाहिएमा नगरपालिकाबाट सक्दाे सहयाेग गर्ने प्रतिवद्दता जाहेर गर्नु भएको छ ।

बूनपा वडा नं. ११ स्थित सूर्यमुखी महिला समूहकाे भवनमा सञ्चालन भईरहेको तालिममा ‘मेडपा’काे पहिलाे र दाेस्राे चरणमा सहभागी हुनुभएका मध्य १४ जना ईच्छुक महिलाहरू छनाैट भएका थिए ।  

यस तालिमका लागि नगरपालिकाले रू. ३ लाख १५ हजारकाे लागत छुट्टाएकाे छ । सीप सिकाउनका लागि ७ वटा कपडा सिलाउने मेसिन, १ वटा इन्टरलक मेसिन, २ वटा आइरन, १३ प्रकारका कपडाहरू लगायतका सिकाइका लागि आवश्यक सरसामान उपलब्ध गराईएको कार्यक्रम संयोजक जनार्धन मिश्रले जानकारी दिनु भयो ।  मेसिनहरू तालिम पश्चात उत्कृष्ट प्रशिक्षार्थीहरूलाइ कुल रकमकाे ८० प्रतिशत छुटमा बिक्री गरिने व्यवस्था मिलाईएको छ । 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय