बूढानीलकण्ठ नगरपालिकामा गार्मेन्ट कामदारहरुको आवश्यकता भएकोले नगारपालिकाले दक्ष कामदारहरु माग गरेको छ। नगरपालिकाको वडा नं ८ फुस्रेपाखा स्थित महिला उद्यमशिल तालिम तथा रोजगार केन्द्र द्वारा संचालन भइरहेको गार्मेन्टबाट आर्थिक विकासको लागी विभिन्न गतिविधिहरुको लागि केन्द्रले  गार्मेन्ट दक्ष कामदारहरु माग गरेको हो।

नगरपालिकाबाट कुल ७ जना कामदारहरुलाई रोजगारी प्रदान गर्ने हेतुले ईच्छुक कामदारहरुलाई विभिन्न पदहरुमा दरखास्त आह्वानको ७ दिने सुचना प्रकाशन गरेको छ।

स्थायी बसोबास गर्ने व्यक्ति, महिला, वैदेशिक रोजगारीबाट फर्किएका तथा विपन्नवर्गलाई प्राथमिकता दिइएको  दरखास्तमा कामदारहरुको नागरिकता प्रमाणपत्र प्रतिलिपी, स्थायी बसोबास खुल्ने कागजात, सिप तथा अनुभवको प्रमाण पत्र अनिवार्य समावेश हुन पर्ने व्यवहरा रहेको छ। कामदार छनौट प्रक्रिया मौखिक तथा प्रयोगात्मक परिक्षाबाट हुने जानकारी सुचनामा उल्लेखित  छ।

केन्द्रको दरखास्त आह्वान अनुसार तपशिल उल्लेखित पदहरुमा माग भएको छ।

तपशिलः

क्र. सं पद संख्या कैफियत
१. गार्मेन्ट दक्ष कामदार ( फ्याट मेसिन चलाउन जान्ने)
२. गार्मेन्ट अर्ददक्ष कामदार (कटिङ मेसिन चलाउन जान्ने) १ जना पुरुष, १ जना महिला
३. गार्मेन्ट दक्ष कामदार ( आईरन गर्न जान्ने)
४. कार्यालय सहायक महिलालाई प्राथमिकता

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय