बूढानीलकण्ठ, कार्तिक ०८ गते ।  बूढानीलकण्ठ नगरपालिकामा कार्तिक ११ र १२ गते भेरोसेल (Verocell) खोपको दोस्रो मात्रा लगाईने भएको छ ।

नगर प्रमुख उद्धव प्रसाद खरेल द्वारा जारी गरिएको सुचना अनुसार यस अघि असोज १२ र १३ गते पहिलो मात्रा लगाएका व्यक्तिहरुको लागि दुई दिन अभियान सञ्चालन हुन लागेको हो ।

खोप अभियान नगरपालिकाका १३ वटै वडाका खोप केन्द्रहरुमा बिहान १० बजे देखि दिउँसो ४ बजे सम्म सञ्चालन हुने भएकोले  जनस्वास्थ्य मापदण्ड पुर्णरुपमा पालना गरि सुविधा लिनुहुन प्रमुख खरेलले अनुरोध गर्नु भएको छ ।

खोप केन्द्रहरूः

१. आधारभूत स्वास्थ्य केन्द्र, तौलुङ् चौतारा -वडा नं. ०१

२. चपली भद्रकाली स्वास्थ्य चौकी, वडा नं. २

३. बूढानीलकण्ठ स्वास्थ्य चौकी, वडा नं. ३

४. श्री राम आधारभुत विद्यालय, पासिकोट, वडा नं. ४

५. शहरी स्वास्थ्य केन्द्र विष्णुमती, वडा नं. ५

६. खड्का भद्रकालि स्वास्थ्य चौकी, वडा नं. ६

७. सामुदायिक भवन, पानचोक,वडा नं. ७

८. महाँकाल स्वास्थ्य चौकि, वडा नं. ८

९. वडा कार्यालय, मण्डिकाटार, वडा नं. ९

१०. नगर अस्पताल, डिट्टा चौर, वडा नं. १०

११. कपन स्वास्थ्य चौकी, वडा नं. ११

१२. वोधीसदन मा.वि. खरिबोट, कपन, वडा नं. १२

१३. श्री नौलिन मा.वि. चुनिखेल वडा नं. १३

खोप लगाउने लक्षित समूह

  • यस आघि मेरीसेल खोपको पहिलो मात्रा लगाएका खोप कार्ड भएका व्यक्तिहरु
  • यस आघि मेरोसेल दोस्रो मात्रा लगुना छुट भएका व्यक्तिहरु

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय