बूढानीलकण्ठ नगरपालिकाको कार्यालयमा कार्यरत चालक ध्रुव बहादुर आचार्य कार्तिक १ गते अचानक घरको छतबाट खस्न गई दुर्घटनामा पर्नुभएको हुँदा दिर्घायू गुरु अस्पताल, चाबहिलको आईसियू मा उपचाररत रहनुभएकोले उहाँको स्वास्थ्य लाभको कामना सहित नगरपालिकाका कर्मचारी तथा सुभ चिन्तकहरुले आर्थिक सहयोगको लागि अपिल गर्नुभएको छ ।

करिव ७ वर्ष देखि सवारी चालकको रुपमा कार्यरत उहाँको आर्थिक स्थितिलाई मध्यनजर गर्दै औषधी उपचार र स्वास्थ्य सुधारको लागि सहयोग गर्नुहुन जनप्रतिनिधि, नगरपालिका कर्मचारी तथा सम्पुर्ण नगरवासीमा अपिल गरिएको हो ।

सहयोग गर्नुहुने महानुभावहरुको नाम सहित सहयोग वापत प्राप्त भएको रकम पिडित पक्षलाई हस्तान्तरण गरि सहयोग गर्ने महानुभावहरुलाई जानकारी गराईने सहयोग संकलन पक्षले जानकारी दिएको छ ।

 

सहयोगको लागि सम्पर्क व्यक्ति

१. सविन थापा : ९८४१९५१९७२

२. सुवास बस्नेत : ९८४४२४६४३९

३. भवानी श्रेष्ठ : ९८४९२४४८८८

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय