बूढानीलकण्ठ, असोज २२ गते ।
सामाजिक सुरक्षा भत्ता बितरण सम्बन्धमा बूढानीलकण्ठ वडा नं ८ ले सुचना जारि गरेको छ ।
वडा नं. ८ अन्तर्गत आ.व. ०७८ / ७९ को सामाजिक सुरक्षा (जेष्ठ नागरिक ‘७० बर्ष माथि’, जेष्ठ नागरिक दलित, जेष्ठ नागरिक एकल महिला, विधवा, पूर्ण अपाङ्गता अति अशक्त अपाङ्गता तथा दलित बालबालिकाको प्रथम त्रैमासिक भत्ता यही असोज २२ गते शुक्रवार देखि एन. आई. सि. एशिया बैंक लि. गोल्फुटार, काठमाडौंबाट वितरण गरिने भएको हो ।
आफु संग भएको लाभग्राही परिचय-पत्र, नागरिकता र चेक बुक लिई बैंकमा सम्पर्क राख्नु हुन सरोकारवालाहरु सबैमा वडा नं ८ अध्यक्ष सुमन तामाङले अनुरोध गर्नुभएको छ ।