बूढानीलकण्ठ नगरपालिका वडा नं -१० युवा परिषदको आयोजनामा भएको ‘युवा परिषद अभिमुखिकरण तथा साँस्कृतिक कार्यक्रम’ सम्पन्न भएको छ । वडा नं १० मा वडा युवा परिषद गठन भए देखि नै सकृय रहेको वडा युवा परिषदले घटस्थापनाको अवसरमा बृहत युवा भेलामाझ कार्यक्रम भव्यताका साथ सफल पारेको हो ।
नगरपालिकाको कला, भेष, भाषा र सँस्कृति जगेर्णा तथा संरक्षणमा युवा वर्गलाई जागरुक बनाउने लक्ष्यका साथ आयोजना भएको कार्यक्रममा वडाका प्रतिभाशालि युवाहरुले विभिन्न किसिमका साँस्कृतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रममा प्रस्तुत भएका नाँच, कविता वाचन, हास्य व्यङ्ग, भाषण लगायत सांगेतिक प्रस्तुतिहरुले कपन भेगको माहोल तातिएको थियो । ‘द भ्वाईस अफ नेपाल -०३” प्रतियोगिताबाट नेपालभर चिनिनु भएको नेहारिका ग्यावलिको सांगेतिक प्रस्तुतिले उपस्थित सबैलाई मंत्रमुग्द बनाईदिएको महसुस गर्न सकिन्थ्यो ।
करिव १५० जना युवा भेलामाझ सञ्चालन भएको कार्यक्रममा नगरप्रमुख उद्धव प्रसाद खरेल, उप -प्रमुख रमा देवि राई, राष्ट्रिय दलित आयोग सदस्य सुन्दर पुर्कुटि, नगर प्रवक्ता एवं वडा नं १० अध्यक्ष नवराज भट्टराई, वडा नं ०२ अध्यक्ष राजेन्द्र खड्का, वडा नं १२ अध्यक्ष शम्भु प्रसदा भट्टराई लगायत विभिन्न राजनितिज्ञ तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपस्थित नगर प्रमुख उद्दव प्रसाद खरेलले कार्यक्रममा झल्किएको युवा सकृयता र संलग्नताको कदर गर्दै साँस्कृति क्षेत्र समेटि युवा सहभगिता माझ भएको उक्त कर्यक्रम सञ्चलन गरेकोमा आयोजकलई विशेष धन्यवद दिनु भएको छ । अन्य कार्यक्रम मार्फत युवा सहभागितालाई यसरीनै कायम राख्न प्रमुख खरेलले नगर युवा परिषदलाई निर्देशन समेत दिनु भयो ।
नगर प्रवक्ता एवं वडा नं १० अध्यक्ष नवराज भट्टराईले आफु जनप्रतिनिधि भई आईसकेपछि युवाहरुको हकमा भएका उदाहरणिय कार्यहरुको स्मरण गर्दै अहिले स्थापना भएको वडा युवा परिषदलाई यसरीनै समाजमा प्रभावकारी कार्यहरु सञ्चालनको लागि शुभकामना दिनु भयो ।
उर्जा भरिएको क्षमतावान युवा जमातलाई परिचालन मार्फत समाजमा प्रभावकारि योगदान रहने र सँगसँगै उनिहरुको नेतृत्व बिकासमा पनि यसले मद्धत गर्ने भएकोले हामिले युवाहरुको प्रस्तावहरुलाई समर्थन गरि आवश्यक सहयोग गर्दै आएका छौ, प्रवक्ता भट्टराईले बताउनुभयो ।
साँसकृतिक साथै युवाहरुलाई अभिमुखिकरण पनि प्रदान गर्ने उद्धेश्य रहेको यस कार्यक्रममा नगर युवा परिषद कार्यकारी उपाध्यक्ष रुपेश भट्टराईले युवा परिषदबारे वृस्तृत जानकारी गराउदैँ यसको कार्य क्षेत्र, दायरा र संभावना बारे प्रष्ट पार्नु भएको थियो । बूढानीलकण्ठ नगरपालिकामा नगर युवा परिषद गठन भए सँगै वडा युवा परिषद स्थापना गरि युवा अभियान अन्तर्गत सञ्चालन भएका विभिन्न कार्यक्रमहरुको जानकारी गराउदैँ नगर विकासमा युवा परिषद निरन्तर अगाडि बढिरहेको बताउनुभयो ।
परिषद अध्यक्ष सुदिप लुईटेलका अनुसर विकासको गतिमा रहेको बूढानीलकण्ठ नगरपालिकामा युवा संलग्नता नै अहिलेको मुख्य आवश्यक्ता छ । त्यसैले हामि यो समयमा युवा वर्गको जोस, जागर र क्षमतालाई सदुपयोग गर्दै नगर विकासको अभियानमा हाम्रो कर्तव्य निभाउन कोसिस गरि रहेका छौँ, उहाँले बताउनुभयो ।