बूढानीलकण्ठ, असोज १७ गते ।
आहाँ ! कति आनन्द, कति सुन्दर, कस्तो रमणिय स्थल, मलाई त स्वर्ग पुगेझैँ महसुस भयो “I feel like I’m in Heaven” !!!
हाम्रै नजिक पनि यस्तो ठाउँहरु छन् … अचम्म लाग्यो ! “I’m hypnotized by this beauty” !
यि उत्साह र आश्चर्य झल्कने अंग्रेजि मिश्रित नेपालि शब्दहरु शनिबार शिवपुरि नागार्जुन राष्ट्रिय निकुञ्जमा निकै गुञ्जिए । कसैले उत्तेजनामा “यहि नै मेरो लागि स्वर्ग हो” भने त कोहि “आज सम्म म यस्तो ठाँउ पुगेको थिईन” भन्दै भावुक भए ।
हुन त शिवपुरी जंगलको त्यो रमणिय पदमार्ग, सम्मोहित बनाईदिने थरि थरिका बोट विरुवा, आनन्दका धुन गुन्गुनाईदिने चरा चुरुङ्गि, प्राकृतिक जल संचयनका पानि मुहान, दह र झरनाहरू ले जुनै पनि पर्यटकलाई मंन्त्रमुग्ध बनाईदिने गरेको छ । त्यस माथि धार्मिक तथा प्राकृतिक सौन्दर्यले भरिपुर्ण विष्णुपादुका सम्म पुग्दा केहि क्षणको लागि स्वर्ग पुगेको आनन्द नलिने कोहि भेटिदैन ।
यस्तो रमणिय स्थलमा पैदल हिडेर यात्रा गर्न पाँउदा भावनामा डुबि मलाई यहिनै स्वर्ग लाग्यो भन्दा अचम्म मान्ने कुरै भएन ।
पर्यटनका यि अनुभवहरु प्रत्यक्ष देख्न र सुन्न पाईयो बूढानीलकण्ठ नगरपालिका युवा परिषद्को “पर्यटन प्रवर्धनको लागि पदयात्रा” कार्यक्रममा ।
बूढानीलकण्ठमा नगर युवा परिषद्को स्थापना भएदेखिनै युवा विकासको क्षेत्रमा सक्रिय रहेको परिषद्का समुहले प्रचुर संभावना बोकेका नगरपालिकाको पर्यटन क्षेत्र प्रवर्धन र विकासको लागी “बूढानीलकण्ठ मन्दिर- शिवपुरि राष्ट्रिय निकुञ्ज- बिष्णुपादुका (बिष्णुद्वार)” सम्मको वृहत पदयात्रा आयोजना गरेको थियो ।
करिव ४०० जना संलग्न रहेको पदयात्रामा नगरपालिकाका विभिन्न संघ संस्था, विद्यालय, क्याम्पस लगायत जनप्रतिनिथि, राजनितिक दलका नेता र विशेष गरी युवाहरुको सहभागिताले यस कार्यक्रम भव्य रुपमा सफल भएको छ ।
बूढानीलकण्ठ मंदिरबाट बिहान ०७ बजे सुरु भएको यात्रामा उपस्थित यात्रीहरुले मुहानपोखरी स्थित शिवपुरि नागार्जुन राष्ट्रिय निकुञ्ज द्वार हुदैँ धार्मिक तथा प्राकृतिक महत्वका रुपमा परिचित विष्णुमति नदिको मुहान ‘बिष्णुपादुका’ अर्थात ‘विष्णुद्वार’ सम्म पैदल हिडेर पर्यापर्यटन तथा प्राकृतिक वातावरणको अनुभव गर्न पाएका छन् ।
यात्रामा उपस्थित युवा तथा संघसंस्थाका समुहलाई प्रोत्साहन गर्दै नगरपालिका प्रमुख उद्दव प्रसाद खरेल लगायत जनप्रतिनिधिहरु समेतले पदयात्रा गर्नु भएको थियो । पदयात्रामा उपस्थित नगर प्रमुख उद्दव प्रसाद खरेलले यस किसिमको कार्यक्रम मार्फत पर्यटन प्रवर्धनको लागि ठुलो संख्यामा युवा जमात भेला पार्न सकेकोमा आयोजक समुहलाई धन्यबाद दिनु भएको थियो ।
युवा सहभागितालाई विशेष समर्थन गर्दै आउनुभएका प्रमुख खरेलले नगर विकासमा युवा संलग्नतालाई यसरीनै कायम राख्न नगर युवा परिषद्लाई अनुरोध गर्नु भयो । उहाँले बूढानीलकण्ठको गौरव नै पर्यटन रहेकोले यस्ता कार्यक्रमहरु सकिन्छ भने साप्ताहिक अथवा व्यवस्थित गर्दै मासिकरुपमा सञ्चालन गर्न आयोजकलाई निर्देशन दिनु भएको छ ।
यस्तै, उपस्थित विभिन्न वडाका वडा अध्यक्षहरुले समेत पर्यटन विकासको लागि यस अभियान निकै फलदाई रहेको भन्दै वडा स्तरिय योजना अन्तरगत पर्यटकिय क्षेत्रहरुमा पुर्वाधारको निर्माण, साँस्कृतिक भ्रमण, होमस्टे लगायत पदयात्रा जस्ता कार्यक्रमहरु आयोजना गर्ने प्रतिवद्धता दिनु भएको थियो ।
पर्यटन प्रवर्धनको लागी युवा सहभागिता एकदमै महत्वपुर्ण रहेको अवस्थामा यस किसिमका कार्यक्रमहरु मार्फत पर्यटकिय स्थलहरुको प्रचार प्रसारमा सहयोग पुग्ने गरेको छ । आधुनिक प्रविधी लगायत समाजिक संजाल जस्ता माध्य्यममा सक्रिय रहेका युवाहरुले आफुले कैद गरेका अनुभव र दृश्यहरुलाई लेख, रचना र भिडियो मार्फत प्रचार गरी सहयोग गर्ने आशा आयोजकले राखेका छन् ।
सहभागि युवा तथा अन्य वर्गका मानिसहरुले यात्राको अनुभव एकदमै अवस्मरणिय रहेको बताउँदै आयोजकलाई विशेष धन्यवाद दिएका छन् । “नजिकको देउता हेला” भनेझैँ, आफ्नै नगरपालिकामा पनि पर्यटकिय आनन्द लिन सकिने स्थलहरुबारे चासो नराखेको थिए…तर अहिले प्रत्यक्ष भ्रमण गर्दा यसको महत्वबारे छर्लङ्ग भएको छु भन्दै वडा नं ०३ निवासि आशिस तामाङले आफ्नो यात्राको अनुभव बूढानीलकण्ठ न्युज सँग साट्नु भयो ।