बूढानीलकण्ठ, असोज १० गते ।

बूढानीलकण्ठ नगरपालिकाले अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस-२०७८ निःशुल्क स्वास्थ्य परिक्षण गरि मनाएको छ । वडा नं १० डिट्ठा चौर स्थित निर्माणाधिन नगर अस्पतालको ओ.पी.डि मा आयोजित एक कार्यक्रम मार्फत ज्येष्ठ नागरिकहरुले निःशुल्क सेवा पाएका हुन् ।

वडा नं १० को आयोजना र ज्येष्ठ नागरिक समाज-वडा नं १० को संयोजनमा आयोजित कार्यक्रमबाट ५० जना भन्दा बडि ज्येष्ठ नागरिकहरुले परिक्षण गरी निःशुल्क परामर्श तथा आवश्यक औषधि उपचार जस्ता स्वास्थ्य सेवा पाएको समाजका अध्यक्ष उद्धव प्रसाद भट्टराईले जानकारी दिनु भएको छ ।

ज्येष्ठ नागरीकको हक, अधिकार र सुविधाको लागी निरन्तर कार्यक्रम तथा योजनाहरु सञ्चालन गर्दै आएको वडा नं १० ले हाल महामारीको समयमा ज्येष्ठ नागरीकहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै आवश्यक औषधि उपचार र परामर्शका लागि यस कार्यक्रम आयोजना गरिएको नगर प्रवक्ता तथा वडा नं १० अध्यक्ष नवराज भट्टराईले जानकारी दिनु भएको छ ।

“सबै उमेर समुहको लागि बिधुतिय प्रविधिको प्रयोगमा समानता” नारा सहित मनाईएको अन्तराष्ट्रिय ज्येष्ठ नागरिक दिवस-२०७८ मा प्रवक्ता नवराज भट्टराईले अहिलेको प्रविधिमैत्रि परिस्थितिमा ज्येष्ठ नागरिकहरु समेत प्रविधिको सुविधा लिन सक्ने अवसरहरु प्रदान गर्न कम्प्युटर तालिम तथा मोबाईल फोनको तालिमहरु सञ्चालन गर्न सम्भावित योजनाहरु निर्माण गर्ने बताउनुभएको थियो ।

नगरपालिकाको सुविधाहरुमा आत्मसाथ गर्दै आईरहेका ज्येष्ठ नागरिकहरुले यस किसिमका कार्यक्रमहरु मार्फत आफुहरुको हक अधिकार सुनिश्चित गरिदिएकोमा स्थानीय सरकार तथा जनप्रतिनिधिहरुलाई धन्यबाद दिदैँ सरकारको काम प्रति विश्वास बढेको बताउनु भएको थियो ।

ज्येष्ठ नागरिक समाजका सदस्यहरुले नगर विकासमा ज्येष्ठ नागरिकहरुको कर्तव्य निर्बाह गरि आफुहरु सँग भएका अनुभवहरुबाट पनि अहिलेका पुस्ताहरुलाई योगदान हुन सक्ने भन्दै अनुभव साट्ने थलो निर्माण गरिदिनुहुन आग्रह गर्नु भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय