बूढानीलकण्ठ, असोज १४ गते । नगरपालिका वडा नं ११ को वडा युवा परिषदको आयोजनामा निःशुल्क स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन हुने भएको छ। विभिन्न स्वास्थ्य समस्याहरु जसमा पनि विषश गरि आँखा, कान घाँटी, दाँत लगायत समस्याहरुको उक्त शिविरमा निःशुल्क परिक्षण गरिनेछ।
स्वास्थ्य परिक्षण कार्यक्रम मिति २०७८ आश्विन १५ गते शुक्रबार (भोलि) वडा नं ११ को वडा कार्यालय अगाडि रहेको दया माया क्लिनिक भवनमा सञ्चालन गरिनेछ। परिक्षण शिविर बिहान ११ बजेदेखि दिउँसोको ३ बजेसम्मका लागि तोकिएको छ।
बूढानीलकण्ठ नगरपालिकाको वडा ११ को युवा परिषदको आयोजना तथा फ्रेस मिन्ट डेन्टल क्लिनिक र लियो क्लव अफ काठमाण्डौं दरबार मार्गको सहआयोजनामा सो कार्यक्रम आयोजना हुने लागेको हो।