बुढानीलकण्ठ, भाद्र १४ गते । बूढानीलकण्ठ नगरपालिका नगर युवा परिषद्को आयोजनामा ‘पर्यटन प्रवर्द्धनका लागि युवा पदयात्रा’ कार्यक्रमको आयोजना हुने भएको छ।

बूढानीलकण्ठ नगरपालिकाभित्र रहेको शिवपूरी राष्ट्रिय निकुञ्ज देखि विष्णुद्वारसम्म पदयात्रा कार्यक्रमको आयोजना गरिने भएको हुँदा नगरपालिकाभित्र तथा अन्य इच्छुक व्यक्तिहरुलाई उक्त कार्यक्रममा सहभागि हुनका लागि आयोजक समुहले सबैमा आग्रह गरेको छ।

पर्यटकीय, धार्मिक साथसाथै पर्यावरण पर्यटनका क्षेत्रमा समेत ठलो सम्भाव्यता रहेको यस नगरपालिकाको उत्तर तर्फ रहेको शिवपूरी राष्ट्रिय निकुञ्ज भित्र रहेका विभिन्न प्राकृतिक सम्पदाहरुको जगेर्णा गर्दै यस क्षेत्रको पहिचान तथा प्रवर्द्धन गर्ने लक्ष्य कार्यक्रमले राखेको छ ।

कार्यक्रममा नगरपालिकाभित्रका जनप्रतिनिधि, कर्मचारी, वडा युवा परिषद्का पदाधिकारी तथा सदस्यहरु, युवा क्लवहरु, महिला समुह, महिला तथा युवा सञ्जालका व्यक्तिहरु लगायत अन्य इच्छुक सबैजनालाई सहभागि हुन आह्वान गरिएको छ।

पदयात्रा आश्विन १६ गते शनिबार बिहान ७ बजेबाट सुरु हुने भएकोले बूढानीलकण्ठ मन्दिरमा हुने जानकारी आयोजकले दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय