बूढानीलकण्ठ, असोज १२ गते । बूढानीलकण्ठ नगरपालिका कार्यक्षेत्रमा रहेका सबै सहकारी संस्थाहरुलाई साथारण सभा गरी सम्पन्न भएको विवरण पेश गर्न नगरपालिका सहकारी शाखाले अनुरोध गरेको छ ।
सहकारी विभागको प्राप्त सुचना अनुसार सहकारी संघसंस्थाहरुको वार्षिक साधारण सभा गर्ने सम्बन्धमा सहकारी विभागको भाद्र ०१ गतेको निर्देशनको असोज ०१ गते जारी सुचना बमोजिम बुढानिलकण्ठ नगरपालिका सहकारी ऐन २०७५ तथा प्रचलित कानुन बमोजिम सहकारी संस्थाको साधारण सभा गर्न गराउन सम्बन्धित सबैमा नगरपालिका सहकारी शाखाले जानकारीको लागि सुचना जारी गरेको हो ।
कोमिड-१९ को संक्रमण कायमै रही स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरी भेला जमघट सभा सम्मेलन गर्न नमिल्ने व्यवस्था गरेको हकमा विधुतिय माध्यमबाट साधारण सभा सञ्चालन गर्न सकिने व्यवस्था भएता पनी हाल नेपाल सरकारले निषेधाज्ञा हटाएको अवस्थामा भने प्रचलित कानुन प्रावधान अनुरुप नै साधारण सभा गर्नुपर्ने व्यहोरा सुचनामा उल्लेख गरिएको छ ।
हाल कोरोना संक्रमण कम हुदै गएको र निषेधाज्ञा / बन्दाबन्दिको अवस्था नरहेकाले यो सुचना जारी हुनु पुर्व कुनै सहकारी संस्थाबाट साधारण सभाको कार्यक्रमसहितको सुचना प्रकाशन गरीसकेकोमा बाहेक यस बुढानिलकण्ठ नगरपालिका सहकारी ऐन २०७५ तथा प्रचलित कानुन बमोजिम सहकारी संस्थाको साधारण सभा गर्न गराउन सम्बन्धित सबैलाई नगरपालिकाले अनुरोध गरेको छ ।