बूढानीलकण्ठ, असोज ११ गते । ‘टुरिज्म फर इन्क्लुसिभ ग्रोथ’ नाराका साथ मनाउन लागिएको ४२ औँ विश्व पर्यटन दिवसको अवसरमा बूढानीलकण्ठ पर्यटन बोर्ड अध्यक्ष अर्जुन पाण्डेले शुभकामना सन्देश व्यक्त गर्नु भएको छ ।
अध्यक्ष पाण्डेको शुभकामना सन्देश उहाँकै सब्दमा…..
नमस्कार ,
“स्वच्छ शान्त समृद्ध, पर्यटकीय नगर बुढानिलकण्ठ “
बुढानिलकण्ठ पर्यटन बोर्डको अध्यक्ष, म अर्जुन पाण्डे, विश्व पर्यटन दिवस २०२१ को उपलक्षमा पर्यटन संवद्ध सबैको सुख समृद्धि र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।
यो बर्षको नारा छः “टुरीजम फर इन्क्लुसिभ ग्रोथ” । अर्थात समग्र समाजको उत्थानका निम्ति पर्यटन । यो नारा हाम्रो जस्तो पर्यटन विकासको प्रचुर संभावना भएको देशको निम्ति, समाजको निम्ति अत्यन्त सान्दर्भिक र महत्वपूर्ण छ ।
गत बर्ष र यस बर्ष पनि कोभिड १९ को माहामारीले विश्वको पर्यटन क्षेत्र नराम्ररी थलिएको छ । पर्यटन क्षेत्रले भोगेको यो सबैभन्दा कठीन घडी हो । महामारीले हाम्रो आफ्नै पर्यटन पनि प्रभावित छ । तर अहिले पछिल्लो समय, जे देखिँदैछ ति लक्षणहरु निकै आसाप्रद छन् । महामारी नियन्त्रण उन्मुख छ र पर्यटनले फेरी पुरानै लय लिन थाल्ने संकेत देखिन थालेको छ । यो हामी सबैको निम्ति सन्तोषको विषय हो ।
हाम्रो बुढानिलकण्ठ क्षेत्र धार्मिक साँस्र्कतिक पर्यटनको हिसावले यसै पनि प्रसिद्ध छ । नागार्जुन शिवपुरी राष्टिय निकुन्जसंग जोडिएको हुँदा, हामीसंग पर्यापर्यटनको पनि उत्तिकै संभावना छ । आज विश्व पर्यटन दिवस मनाइरहँदा हामी काठमाडौंको उत्तर कुना रहेको बुढानिलकण्ठ क्षेत्रको भ्रमण गरि आनन्द लिन सबैमा हार्दिक आह्वान गर्दछौं ।
हमी हाम्रो नगरलाइ पर्यटकीय नगर बनाउन जुटेको छौं । हाम्रो नगरको समृद्धिको मूख्य आधार पर्यटन हो भनि निक्र्यौल गरेका छौं र योजनाबद्ध ढंगले पर्यटन पूर्वाधार निर्माणमा जुटेका छौं । छिट्टै हामी हाम्रो लक्षमा पुग्ने छौं । यो कार्यमा नगरपालिका परिवार, सबै वडाहरु, संघसंस्था र नगरबासी दाजुभाइ दिदिबहिनीहरुको सहयोग पनि रहनेछ भन्ने विश्वास लिएको छु । फेरी एक पटक संबद्ध सबैलाइ शुभकामना व्यक्त गर्दै विदा हुन्छु ।
धन्यबाद , नमस्कार । 
मुर्त\अमुर्त सम्पदा, धार्मिक, साँस्कृतिक तथा पर्यापर्यटनको प्रचुर संभावना बोकेको बूढानीलकण्ठ नगरपालिकामा पर्यटन क्षेत्र विकासको लागि बूढानीलकण्ठ पर्यटन बोर्डले नविनतम गन्तव्यहरुको पहिचान, पूर्वाधार विकासका साथै स्थापित गन्तव्यहरूको संरक्षण र प्रवर्द्धनका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय