बूढानीलकण्ठ नगरपालिका कृषि विकास शाखाले ५० प्रतिशत अनुदानमा गहुँको मूल बीउ र उन्नत बीउ वितरण कार्यक्रम संचालन गर्दै छ । यस कार्यक्रम अन्तर्गत लाभांवीत हुन  ईच्छुक नगरपालिका भित्रका कृषक, कृषक समूह तथा कृषि सहकारी संस्थाहरुले यहि असाेज २५ गते सम्ममा आवेदन दिनु पर्नेछ । 

 

आवेदन दिनका लागी आवश्यक कागजातहरुः

(१) सम्वन्धित वडाको सिफारिस

२) कृषक, कृषक समूह / सहकारीको हकमा दर्ता प्रमाणपत्रको प्रतिलीपी,कृषक समुह, सहकाकारीको निर्णयकाे प्रतिलीपी 

(३) कृषि फर्म भएमा कृषि फर्म दर्ता प्रमाण पत्रको प्रतिलीपी, जग्गा भाडामा भए एग्रीमेन्ट/लालपुर्जाको प्रतिलीपी 

(४) कृषकको हकमा लालपुर्जा / जग्गा भाडामा भए एग्रीमेन्टको प्रतिलीपी

(१० के. जी. सम्म मात्र बीउ आवश्यक परेमा वडाको सिफारिस र लाल पूर्जा आवश्यक छैन)

 

थप जानकारीका लागी सम्पर्क नंः

१. ९८६९४१४९४३

२. ९८४११५०१९६

३. ९८४३५०४०४९

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय