बूढानीलकण्ठ, असोज ०९ गते । मनसुनको समयमा बूढानीलकण्ठ नगरपालिकाको विभिन्न स्थानहरुमा भारी वर्षातका कारणले ढलका मङ्गलमा क्षति भइ जोखिमपूर्ण खाल्डो बनेको अवस्थामा ज्यान जोखिम र दुर्घटना न्यूनिकरणका लागि सम्बन्धित वडा कार्यालयहरुले उक्त स्थानको पहिचान गरी नगरकार्यपालिकाको वातावरण तथा विपद व्यवस्थापन शाखामा टिपोट गरी लिखित जानकारी पठाउन सबै वडा कार्यालयहरुलाई नगरपालिकाले अनुरोध गरेको छ ।
वातावरण तथा विपद व्यवस्थापन शाखाले सम्बन्धित जोखिम स्थानहरुको व्यवस्थापन र नियन्त्रणमा आवश्यक सहयोग गर्ने जानकारी दिएको छ ।