बूढानीलकण्ठ, असोज ०८ गते । बूढानीलकण्ठ युवा समाजले ‘छैठौँ बूढानीलकण्ठ नगर कप’ फुटबल प्रतियोगिता आयोजना गर्न लागेको छ । खेलकुद तथा समाजिक क्षेत्रमा सक्रिय रहेको वडा नं ०५ को बूढानीलकण्ठ युवा समाजले महान चाड वडादशैँलाई लक्षित गर्दै असोज २० गतेबाट खेल सुरु हुने जानकारी दिएको छ ।
युवा समाज अध्यक्ष प्रग्यान ठकुरीका अनुसार प्रतियोगिता नगरका १३ वटा वडा विच हुने भएकोले हरेक वडाबाट प्रतिनिधि टिमले भाग लिन पाउने छन् । जस अन्तर्गत टिमका खेलाडिहरु सम्बन्धित वडाकै स्थायीवासि भएको नागरिकता, जन्म दर्ता, ‘भोटर कार्ड’ अथवा वसाईँ सराईका आवश्यक कागजातहरु अनिवार्य हुनपर्ने छ ।
नगरपालिका खेलकुद क्षेत्र विकासमा महत्वपुर्ण भुमिका खेल्दै आएको यस प्रतियोगितालाई बूढानीलकण्ठको खेलकुद परामपरा समेत मानिने गरिएको छ ।
प्रतियोगिताको संसोधित नियम अन्तर्गत खेलाडिहरुको हकमा खेलमा भाग नलिएको वडाका ईच्छुक खेलाडिहरुले अन्य वडा सँग समन्वय गरी उक्त वडाको समुहमा सामेल हुन सक्ने व्यवस्था मिलाईएको छ ।
प्रतियोगिता वडा नं ०५ स्थित बूढानीलकण्ठ स्कुलको समन्वयमा विद्यालयको माथिल्लो मैदानमा काठमाण्डौ जिल्ला प्रशासन कार्यालयबाट तोकिएका जनस्वास्थ्य मापदण्डहरु पालना गरी सञ्चालन गर्न तयारी भएको छ । जनस्वास्थ्य प्रोटोकल पालना गरी खेल मैदानमा हरेक टिमलाई १८ जना खेलाडि र १५ जना सिमित समर्थक गरि ३२ वटा ‘गेट पास’ वितरण गरिने जानकारी आयोजकले दिएको छ ।
प्रतियोगिता सञ्चालनको लागि युवा समाज अध्यक्ष प्रग्यान ठकुरी, उपाध्यक्ष असोक खड्का, सचिव सुबास ठकुरी, कोषाध्यक्ष प्रतिमा ठकुरी, बूढानीलकण्ठ वडा नं ०५ युवा परिषद अध्यक्ष अभिजित ठकुरी, सचिव बिनोद तामाङ्, कोषाध्यक्ष उमन ठकुरी लगायत युवा समाज र युवा परिषदका सदस्यहरु गरी करिव ५० जना सक्रिय युवाहरु संलग्न रहेका छन् ।