बूढानीलकण्ठ, असोज ०७ गते । बूढानीलकण्ठ नगरपालिका याेजना अनुगमन तथा मुल्याङ्कन महाशाखाले टाेलटाेलमा गई योजना सम्झौता गर्ने अभियान सुरु गरेको छ । महाशाखाले आश्विन ६ गते देखि आ.व. २०७८/०७९ काे वडा स्तरीय याेजना सम्झाैता गर्नका लागि घुम्ती टाेली परिचालन गरी सेवा विस्तार गरेको हो । 

अभियानको पहिलो शत्र अन्तर्गत वडा नं १ ,४ र ५ का लाभान्वित वर्गहरुको योजना सम्झौता गर्न वडा नं ०५ कार्यलयमा शिविर सञ्चालन गरिएको थियो । जस अन्तर्गत पहिलो र दोस्रो दिन गरी तिन वटा वडाका २७ वटा योजनाहरु सम्झौता भएका छन् ।

महाशाखाको विवरण अनुसार वडा नं १ को ६ वटा योजना सम्झौता भएका छन् भने वडा नं ५ को १५ वटा र वडा नं ३ को ६ वटा योजना सम्झौता भएको छ ।

आफ्नै वडामा धुम्ति सिविर मार्फत सजिलै योजना सम्झौता गर्न पाँउदा आफुहरुलाई सुविधा मिलेको बताउँदै आवश्यक कागजातहरुको लागि वडा र नगरपालिका केन्द्र धाईराख्न पर्ने झन्जटिलो अभ्यास गर्न नपर्दा सहज भएको सेवाग्राहि नविन तामाङले बूढानीलकण्ठ न्युजलाई जानकारी दिनुभयो ।

मंसिर मसान्तसम्म सबै वडा स्तरीय याेजनाहरू सम्पन्न गर्ने लक्ष्य भएकाेले, यस घुम्ती सेवा मार्फत कम्तीमा वडा स्तरीय याेजनाकाे ५० प्रतिशत अथवा सबै वडाका कम्तीमा १० वटा याेजनाहरू सम्झाैता प्रक्रिया अगाडि बढाईएको हो । 

नगरपालिकाको सुशासन र सहज सेवा प्रणालि विस्तार गर्ने अभिप्राय अनुसार सेवाग्राहिहरुकै टोलमा गइ सेवा दिन यस अभियान सुरु भएको याेजना अनुगमन तथा मुल्याङ्कन महाशाखा प्रमुख महेश प्रसाद पाठकले बताउँनुभयो ।

सम्बन्धित शिविरमा तोकिएको मिति भित्र योजना सम्झौता हुन नसकेको खण्डमा आगामी मितिमा सञ्चालन हुने नजिकको सिविरमा गई योजना सम्झौता गर्न सकिने व्यवस्था महाशाखाले मिलाएको छ ।    

अभियान असोज ०६ गते देखि १५ गते सम्म विभिन्न वडाहरुमा सञ्चालन भईरहेको छ । योजना सम्झौताको हकमा चाहिने वडाको सिफारिस, उपभोक्ता समितिको बैठक निर्णय, लागत अनुमान जस्ता आवश्यक कागजातहरु तयार तथा व्यवस्थापन गर्नका लागी लांभावीत वर्गहरू, उपभाेक्ता समिति साथै वडा जनप्रतिनिधिहरूलाइ महाशाखाले अनुराेध गरेकाे छ ।

आवश्यक मापदण्डहरु के-के छन् ? 

२०७८ आश्विन ५ गते भित्र वडा अध्यक्ष/सचिवकाे अगुवाइमा उपभाेक्ता समितिकाे गठन गर्नुपर्ने छ । साे समयावधी भित्र नै सम्बन्धित वडा हेर्ने प्राविधिकले लागत अनुमान तयार गर्नुपर्ने छ । जस पश्चात, आश्विन ६ गते देखि १५ गते सम्म बूढानीलकण्ठका प्रमुख प्रसाशकिय अधिकृत तथा याेजना अनुगमन तथा मुल्याङ्कन महाशाखाकाे घुम्ती टालीले याेजना सम्झाैताकाे प्रकृया अघाडि बढाउने छ । 

याेजना सम्झाैता हुने स्थानकाे विवरणः 

क्र. स. वडा नं. मिति सम्झौता हुने स्थान
१,३ र ५ २०७८/०६/६ र ७ ५ नं. वडा कार्यालय
२०७८/०६/०८ २ नं. वडा कार्यालय
२०७८/०६/१० ४ नं. वडा कार्यालय
६ र ७ २०७८/०६/११  ६ नं. वडा कार्यालय
८ र ९ २०७८/०६/१२ ८ नं. वडा कार्यालय
१०, ११ र १२ २०७८/०६/१३ १० नं. वडा कार्यालय
१३ २०७८/०६/१५ १३ नं. वडा कार्यालय

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय