बूढानीलकण्ठ नगरपालीका वडा नं.१३ अध्यक्ष श्री कृष्ण श्रेष्ठकाे अध्यक्षतामा ‘चुनिखेल भद्रकाली बालुवा प्रशोधन केन्द्र’ संचालन सम्बन्धमा  सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरिएकाे छ । बूढानीलकण्ठ नगरपालीकाकाे वातावरण तथा सरसफाइ महाशाखाले आयोजना गरेकाे यस कार्यक्रममा सुशासन समितिकाे संयाेजक तथा वडा नं. १२ अध्यक्ष शम्भु प्रसाद भट्टराइ, वडा नं. ११.अध्यक्ष राजु अधिकारी, नगरपालिकाका विषयगत शाखा प्रतिनिधीहरू, पत्रकार, सुरक्षाकर्मी, बुद्धिजिवी वर्ग, समाजसेवी तथा वडावासीहरूकाे उपस्थिति रहेकाे थियाे ।

चुनिखेल भद्रकाली बालुवा प्रशोधन केन्द्रले नगरपालिका सँग स्वीकृती माग गरेको हुँदा सो क्षेत्रमा बालुवा प्रशोधन केन्द्र संचालन गर्न दिने नदिने विषय उपर वडावासीहरू तथा जनसमुदायकाे राए, सल्लाह र सुझाबहरू लिनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गरिएकाे थियाे ।

कार्यक्रममा आएका मिश्रित राए, सुझाबका तथा गुनासाेहरूलाइ नगरपालिकाकाे वातावरण तथा सरसफाइ महाशाखाका प्रतिनिधीहरूले टिपाेट गरेका छन, जसलाइ समेटेर एउटा प्रतिवेदन तयार गरिने छ। साे प्रतिवेदनलाइ नगर कार्यपालिकामा प्रस्तुत गरी, विषयगत छलफल पछि ‘चुनिखेल भद्रकाली बालुवा प्रशोधन केन्द्र’ संचालन सम्बन्धी निर्णय गरिने छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय