लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण निति, २०७७ काे मस्याैदाकाे दाेस्राे चरणको छलफल कार्यक्रम आज सम्पन्न भएकाे छ । बूढानीलकण्ठ नगरपालिकाकाे सामाजिक विकास शाखाद्वारा याे कार्यक्रममा ओरेक नेपाल, साेच नेपाल र महिला एकता समाजसँगकाे सहकार्यमा आयाेजना गरिएकाे हाे ।
पहिलाे चरणमा महिला सदस्य तथा जनप्रतिनिधिहरूसँग छलफल भएकाे थियाे भने दाेस्राे चरणकाे छलफलकामा नगरकाे उपप्रमुख, वडा अध्यक्षहरू, न्यायिक समितिका सदस्य, कानुनी सल्लाहकारहरू, तथा क्रियाशिल संगसंस्थाहरूकाे उपस्थिति रहेकाे थियाे । यस नितिले नगरपालिकाभित्र सामाजिक, आर्थिक, राजनैतिक, सांस्कृतिक अवसरहरूमा समान लैङ्गिक सहभागिता सुनिश्चित गरी लैङ्गिक मूलप्रवाहिकरण र सशक्तिकरण गर्ने लक्ष्य राखेकाे छ ।
यस नितिकाे कार्यदिशा अन्तर्गत यिनै विषयमा केन्द्रित रहि निम्नलिखित किय्राकलापहरू गरिने अनुमान रहेकाे छः
१. सबै प्रकारका लैङ्गिक विभेद अन्त्य गरी नगरपालिका भित्रका सबै महिलाले सम्मानीत जीवन जिउन सक्ने वातावरण निर्माण तथा सुनिश्चितताका लागि
२. लैङ्गिक उत्तरदायी शासन पद्दतीलाई संस्थागत गर्न, दिगाे विकास र आ र्थिक समृद्धिकालागी महिलाकाे समान अवसरका लागि
३. नेतृत्वदायी भूमिकामा साथै प्रतिफल र लाभ उपभाेगमा समान अधिकार सुनिश्चिततकाका लागि
४. समाजमा रहेका कुरीतीजन्य तथा हानीकारक परम्परागत अभ्यासहरूका कारण महिला तथा बालबालिकाहरूले भाेग्नु परेका दुर्व्यवहार तथा हिंसा अन्त्य गर्न,
५. हिसां पिडित र प्रभावित महिला र वालिकाहरूकाे लागी सहज एंव पहुँचयुक्त्र सहयाेगी विकास गर्न
नगरपालिकामा याे नितिकाे कार्यवनयन गर्दा आवश्यक सुनुवाइ गर्नकाे लागी कार्यपालिकाकाे १ जना महिलाकाे संयाेजकत्वमा बढीमा ३ जनाकाे लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण समितिकाे गठन हुने समेतकाे प्रावधान रहेकाे छ । पुनः अध्ययन, संसाेधन र छलफल पश्चात पारेत भएपछि मात्रै याे निति सार्वजनिक गरिने छ।