बूढानीलकण्ठ, असोज ०५ गते । डब्लु.बि.सि. (WBC) मोई थाई नेपालले बूढानीलकण्ठ नगरपालिकामा पहिलो “डब्लु.बि.सि. राष्ट्रिय च्याम्पियन प्रतियोगिता” आयोजना गर्न लागेको छ ।
बूढानीलकण्ठ वडा नं ०५ डाँडागाउँमा मोईथाई खेलको विकास एवं खेल संस्कारको प्रवर्धन गर्दै खेलाडिलाई प्रशिक्षण गरी शिप प्रस्फुटन तथा खेलाडि उत्पादन गर्ने लक्ष्यका साथ स्थापना भएको ‘डब्लु.बि.सि. मोई थाई नेपाल’ले देशमै पहिलो पटक यस प्रतियोगिता आयोजना गर्न लागेको हो ।
संस्थाले पत्रकार सम्मेलन मार्फत प्रतियोगिता कात्तिक २६ गते देखी सुरुहुने घोषणा गरेको छ ।
यस प्रतियोगितामा अन्तर्राष्ट्रिय मान्यतासहितको डब्लु बि.सी. मोइ थाईको बेल्ट, मेडल तथा प्रमाण पत्र हुने अध्यक्ष राजु राईले जानकारी दिनु भयो ।
खेलाडिहरुलाई आवश्यक प्रशिक्षण मार्फत अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरुमा नेपालको प्रतिनिधित्व हुने गरि तयार गर्न समुह स्थापना गरिएको राईले जोड्नुभयो ।
२७ अगष्ट २०२१ मा स्थापना भएको संस्थाको उपाध्यक्षमा सरु तामाङ, सचिवमा दीपक तामाङ, सहसचिवमा रिजेश थापा मगर, कोषाध्यक्षमा सुस्मा मानन्धर रहेका छन् । त्यस्तै सदस्यहरुमा रमा राई, मनिस डंगोल, बरुण घले गुरुङ र सल्लाहकारमा सरोज गिरी रहेका छन् ।
डब्लु.बि.सि. (WBC) भनेको के हो ?
ड्ब्लु.वि.सि (WBC) अर्थात वर्ल्ड बक्सिङ् परिषद मोइ थाई सन् २००४ मा थाईल्याण्डको बैठकबाट विश्व बक्सिङ्ग परिषद अर्न्तगत बिश्वभर प्रोफेसनल खेलाडीहरु उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको एक मुनाफा रहित संस्था हो । यस संस्था को प्रधान कार्यालय थाइल्यान्डको बैङ्ककमा छ । यस खेलको सम्पूर्ण निति नियमहरु (बोर्ड अफ स्पोर्ट ) खेल प्राधिकरण थाईल्याडले नै निर्धारण गर्ने गरेको छ ।
नेपालमा यस संस्थाको स्थापना २७ अगष्ट २०२१ मा बूढानीलकण्ठ नगरपालिका वडा नं. ०५ डाँडागाउँमा भएको हो ।
ड्ब्लु.बि.सि. मोइ थाई नेपालको उद्देश्यहरुः
– नेपालमा यस मोइ ईको विकास एवं मोइ थाई खेल संस्कारको प्रवर्धन गर्ने ।
– नेपालभर यस डब्लू.बि.सि. मोइ थाई शाखाहरुको स्थापना गर्ने ।
– नेपालका खेलाडी तथा युवा हरुलाई यस खेल प्रती प्रेरित गर्ने र यस खेलका फाईदा हरु बारे जानकारी गराउने ।
– वार्षिक कार्यक्रम तालिका सहितको भित्तेपात्रो प्रकाशित गर्ने ।
– यस संस्था बाट राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलको आयोजना गर्ने ।
– अन्तराष्ट्रिय मान्यता सहितको डब्लु बि.सि. मोड थाइको बेल्ट, मेडल तथा प्रमाण पत्रहरु बनाउने तथा बिजेता खेलाडी हरुलाई वितरण गर्ने ।