बूढानीलकण्ठ नगरपालिकामा असोज ०४ गते भेरोसेल खोप को दोस्रो मात्रा लगाईने भएको छ ।

कोभिड १९ रोगको रोकथाम, नियन्त्रण र व्यवस्थापनको लागि नेपाल सरकारबाट यस अघि भाद्र ०८ गते भेरोसल खोपको पहिलो मात्रा लगाएका व्यक्तिहरुका लागि दोश्रो मात्राको खोप असोज ०४ गतेका लागि सञ्चालन हुन लागेको हो ।

खोप बिहान १०:०० बजे देखि दिउँसो ४:०० बजेसम्म लगाइने भएकोले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना हुने गरी तोकिएका खोप केन्द्रहरुमा खोप लगाउन जानुहुन नगरपालिकाले अनुरोध गरेको छ ।

खोप केन्द्रहरुः

१. आधारभूत स्वास्थ्य केन्द्र, तौलङ चौतारा, वडा नं. १

२. चपली भद्रकाली स्वास्थ्य चौकी महादेव खोला -०२

३. बूढानीलकण्ठ स्वास्थ्य चौकी, घुम्ती -०३

४. श्री राम आधारभूत विद्यालय, पासिकोट वडा नं -०४

५. शहरी स्वास्थ्य केन्द्र, विष्णुमती -०५

६. खड्का भद्रकाली स्वास्थ्य चौकी, खडका गाँउ -०६,

७.  सामुदायिक भवन, पानचोक-०७

८. महांकाल स्वास्थ्य चौकी, गोल्फुटार -०८

९. वडा कार्यालय, मण्डिखाटार ९

१०. नगर अस्पताल, डिट्टाचौर, बालवाखानी -१०

११. कपन स्वास्थ्य चौकी कंपन-११

१२ श्री पुष्पलाल मा.वि., कपन वडा नं. १२

१३. चुनिखेल स्वास्थ्य चौकी चुनिखेल – १३

खोप लगाउने लक्षित समूह

– यस अघि मेरोसेल (Verocell) खोपको पहिलो मात्रा लगाएका खोप कार्ड भएका व्यक्तिहरु ।

-१८ बर्ष वा सो भन्दा माथि उमेरका समूहका सबै नागरीकहरु

-यस अघि भैरोसेल दोश्रो मात्रा लगाउन छुट भएका व्यक्तिहरु

खोप लगाउन आउँदा पालनागर्नु पर्ने नियमहरु

-पहिलो मात्र खोप लगाएको खोप कार्ड लिएर आउनु हुन

-खोप लगाउन आउंदा पाखुरा खोल्न मिल्ने गरी सजिला कपडा लगाएर आउनु हुन ।

‍-अनिवार्य रुपमा मास्क लगाउने तथा जनस्वास्थ्यका मापदण्डहरुको पालना गर्नु हुन ।

-निर्धारित समय भन्दा अगाडी बिहानै आएर लाइनमा नबसिदिनु हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय